न्यूयोर्कका विद्यालय तत्काल नखुल्ने

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, भदौ १६, २०७७

अमेरिकाको न्यूयोर्क शहरमा संक्रमण दर तीन प्रतिशतभन्दा कम नहुँदासम्म विद्यालयहरू पुन: सञ्चालनमा नल्याइने न्यूयोर्कका अधिकारीहरूले  बताएका छन् । ‘विद्यालयहरू सञ्चालनका लागि कुनै व्यक्तिगत निर्णयमा सम्भव नभएको र संक्रमण दर अझै पनि धेरै रहेकाले जोखिममा विद्यालय खोल्न सकिँदैन’, न्यूयोर्कका नगर प्रमुख बिल डे ब्ल्यासियोले भन्नुभयो । उहाँले भन्नुभयो–‘कोभिड–१९ संक्रमण दर निरन्तर सात दिनसम्म तीन प्रतिशतभन्दा कम नहुादासम्म व्यक्तिगत निर्देशनका आधारमा विद्यालय खोल्न सकिँदैन ।’ शैक्षिक सत्र २०२०/०२१ को शैक्षिक क्यालेन्डरलाई विद्यालयहरू पूर्णरूपमा सञ्चालनमा आएपछि महानगरले विद्यालय सञ्चालकहरूसागको सल्लाह अनुसार निक्र्योल गर्ने पनि उहाँले बताउनु भयो ।