नेजाको पाँचौ अधिवेशनबाट भोलाको अध्यक्षतामा नयाँ कार्यसमिति

-- / प्रकाशित मिति : सोमवार, बैशाख २७, २०७३

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को पाँचौ अधिवेशनले भोला आचार्यको नेतृत्वमा सबै कार्यसमितिलाई निर्वार्चित गरेको छ । अमेरिकाको लसएन्जलसस्थित हिमालयन काउजिनमा नेजाको अधिवेसन हिजो उद्घाटन भएको थियो । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा महेन्द्र विष्टले एक कार्यक्रमबीच अधिवेसनको उद्घाटन गरेका हुन । नेपालमा पत्रकारिता गरेर विभिन्न किसिमले अमेरिकालाई कर्मथलो बनाएका पत्रकारहरुको संस्था नेजाको कार्यसमितिमा उपाध्यक्षमा गुणराज लुईटेल, महासचिवमा तोयानाथ दाहाल, सचिवमा अग्नी चौलागाई, काेषाध्यक्षमा शैलेस पोख्रेल निर्वाचित भएका छन् । त्यसैगरी क्षेत्रिय संयोजकहरुमा विष्णु शितल, ध्रुव कुँबर, विष्णुहरि घिमिरे, किसन रेग्मी र सदस्यहरुमा अनुज थापा, सन्दिप चौधरी बालकृष्ण जोशी रहेका छन ।

अधिवेशनले आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । कार्यसमितिको अध्यक्षका लागि भोला आचार्य, गुणराज लुईटेल र तारा बरालले उम्मेदवारी घोषणा गरे पनि सहमतिको आधार नेतृत्व चयन गरिएको थियो । कार्यसमितिको निर्वाचनका लागि वरिष्ठ पत्रकार तरुण पौडेलको अध्यक्षतामा निर्वाचन मण्डल गठन गरिएको छ ।
अधिवेसनमा भाग लिन विभिन्न राज्यबाट नेजाका सदस्यहरू, प्रतिनिधि तथा शुभेच्छुकहरु लस एञ्जलस पुगेका थिए । यस पटकको अधिवेशनमा मेरील्याण्ड, भर्जिनिया, टेक्सस, कोलोराडो, क्यालिफोर्निया, न्युयोर्क, नर्थक्यारोलिना, ओक्लोहामालगायत सत्र भन्दा बढी राज्यबाट सहभागिता रहेको छ । नेजाको पाँचौ अधिवेशन तथा दशौ वार्षिक साधारण सभाको सफलताको लागि प्रधानमन्त्री केपी शर्मा बलिले शुभकामना व्यक्त गर्नुभएको छ ।
कुल १ सय ४८ सदस्यमध्ये ११ जना आजीवन सदस्य र १ सय ३७ जना साधारण सदस्यहरूले यस अधिवेशनमा भाग लिनेछन । सन् २००७ मा गठित नेजाले अमेरिका र नेपालको बिचमा पत्रकारिताको माध्यमबाट कुटनीतिक सम्बन्धलाई बलियो बनाउदै आएको छ । अतिथिकै रूपमा वाणिज्यदुत ऋषि ढकालसहित अमेरिकामा रहेका छाता सङ्गठनहरू गैर आवासीय नेपाली संघ अन्तर्राष्टिय समन्वय परिषद्का केन्द्रीय सदस्य दिल श्रेष्ठ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका उपाध्यक्ष डिल्ली भट्टराई, एएनएका वरिष्ठ उपाध्यक्ष शम्भु ढुंगाना, नेपाली जन सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापा, आदिवासी जनजाति महासंघका अध्यक्ष लुईसाङ्ग वाईवा, लगायत सहभागी भएका थिए ।

नेपालमा मोफसलमा बसेर उत्कृष्ठ काम गर्ने एक जना पत्रकारलाई हरेक दुई वर्षमा यो पुरस्कार दिइन्छ ।
सन् २०१४ मा ह्युष्टनमा सम्पन्न चौथो अधिवेशनले गौतम दाहालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको थियो । यसअघि गिरीश पोख्रेल, आडछिरिड शेर्पालगायत अध्यक्ष भैसकेका छन ।