पर्यटन प्रवद्र्धनका लागि ‘नेपाल साइकल यात्रा’

काठमाडौं– कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रको पुन:स्थापित गर्नका लागि ‘नेपाल साइकल यात्रा’ गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को सहयोगमा नेपाल साइकल यात्रा गरिएको हो ।
नेपाल साइकल यात्रा समूहले नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपबाट साइकल यात्रा शुरु गरेको हो । उक्त समूहलाई पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बिदाइ गरे। साइकल यात्रा समूहले पश्चिमको महेन्द्रनगरदेखि पूर्वको पशुपतिनगरसम्म साइकल यात्रा गर्ने नेपाल साइकल यात्रा मेला–२०७७ का संयोजक पुष्कर शाहले जानकारी दिए । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि शुरु भएको यात्रा महेन्द्रनगरबाट शुरु भई ठाकुरद्वार, नेपालगञ्ज, वीरेन्द्रनगर, घोराही, स्वर्गद्वारी, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौाडा, वीरगञ्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै कााकरभिठासम्म पुग्नेछ । उक्त समूह तीन हप्ताको साइकल यात्रापश्चात् काठमाडौं फर्कनेछ ।
नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतले कोभिड–१९ ले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुन:जीवन प्रदान गर्ने उद्देश्यसहित आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र बोर्डको सन्देशलाई देशव्यापीरुपमा प्रवाह गर्न यो साइकल यात्राले मद्दत पुग्ने बताए । साइकल समूहमा संयोजक शाहसहित पर्यटन व्यवसायी राजेन्द्र सापकोटा, शङ्कर अधिकारी, सुभास केसी, मुक्ति पाण्डेलगायत सहभागि छन् । पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म साइकल यात्राको दूरी एक हजार ६२४ किलोमिटर हुनेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...