पुस्तक बार्ता :उत्शब पोख्रेल

१. तपाईँ अहिले कुन पुस्तक पढदै हुनुहुन्छ ?
म अहिले बिसौं शताब्दिका प्रख्यात साहित्यकार हर्मन हेस्सेले लेख्नुभएको नोबेल ‘सिद्धार्थ’ पढिरहेको छु ।
२. पुस्तक किन पढनुहुन्छ ?
म सुरुसुरुमा रमाइलोको लागि पढ्थें बिशेष गरि उपन्यासहरु । पछि पछि ज्ञानको लागि पढ्न सुरु गरें । पुस्तक यस्तो चिज हो जसले हामीलाई हाम्रो यथार्थ झल्काउने संगै हामीलाई जीन्दगीमा धेरै पाठहरु सिकाउँछन् । हाम्रा कमि कम्जोरीहरु नि औलाउँछन् । सबैभन्दा राम्रो कुरा हामी पुस्तक संग बादबिबाद नि गर्न सक्दैनाैं अनि आफ्नो कमि कम्जोरीहरु स्वीकार्दै अगाडि बढ्न बाध्य हुन्छौं । सबै भन्दा महत्वपूर्ण कुरा चै हामी कुन पुस्तक पढ्दै छौं भन्ने हो । पुस्तकको हाम्रो मन–मस्तिष्कमा गहिरो असर पर्ने हुन्छ । त्यहि भएर कुन र कस्तो बिषयबस्तु भाको पुस्तक पढ्ने भन्ने कुरा सोचेर मात्र पढ्नु पर्छ जस्तो लाग्छ ।
३. पुस्तक पढने बानी कसरी बस्न गयो ?
सायद त्यस्तै ९ कक्षामा पढ्दा बेला एकजना साथीले विसेश्वर प्रसाद कोइरालाको ‘सुम्निमा’ र ‘हिटलर र यहुदी’ पुस्तक पढ्न दियो । दुइटा फरक बिदाका पुस्तकहरु तर दुवै मलाई यति मन पर्यो कि उनका भेटेजति सबै किताबहरु खोजि खोजि पढ्न थालें । बिस्तारै शंकर लामिछाने, पारिजात अनि इतिहास शिरोमणि बाबुराम आचार्यका पुस्तकहरु पढ्न थाले । यत्तिकैमा पुस्तकहरु प्रति थाहै नपाइकन मोह बसिसकेछ ।
४. मन परेका पुस्तक र मन पर्ने लेखक ?
मन पर्ने पुस्तक र लेखकमा बिसेश्वर प्रसाद कोइरालाको सुम्निमा, पारिजातको शिरिसको फूल, शंकर लामिछानेको एब्सट्रयाक चिन्तन प्याज, हर्मन हेस्सेको सिद्धार्थ, पाउलो कोहेलाको द अल्केमिस्ट, नेपोलियन हिलको थिङ्क एंड ग्रो रिच, चाड हाईमसको डुईङ्ग ह्वाट मस्ट बि डन हुन् । सबैभन्दा मन परेको लेखक चाहिँ बिसेश्वर प्रसाद कोइराला नै हुन् ।
५. दोहोर्याएर पढेको कुनै पुस्तक ?
सिद्धार्थ, द अल्केमिस्ट, थिङ्क एंड ग्रो रिच आदि
६. पुस्तकमा महिनामा कति खर्च गर्नुहुन्छ ? अथवा पुस्तक कत्तिको किन्नुहुन्छ ? साथीहरुसँग चाँहि कत्तिको आदान प्रदान गर्नुहुन्छ ?
औषतमा महिनाको १०० देखि २०० डलरसम्म खर्च हुन्छ होला । मलाई खासै मागेर पढ्न मन लाग्दैन । आफूलाई मन परेको पुस्तक किनेर नै पद्छु ।.
७. कस्ता खालका पुस्तक बढी पढ्न रूचाउनुहुन्छ ?
आजकल म प्रायः आध्यात्म, बायोग्राफी, सेल्फ–हेल्प, जीवन संघर्ष आदि प्रकारका पुस्तकहरु पढ्ने गर्दछु । यसले जीन्दगीका धेरै प्रश्नहरुको उत्तर दिन्छन् ।
८. बिशेषगरी कुन समयमा पुस्तक पढ्नुहुन्छ ?
कुनै खास समय भन्ने छैन । बिहानै होस् या कामको बीच–बीचमा अनि प्रायः सुत्नु भन्दा अगाडि पढ्ने गर्दछु ।
९. पुस्तक के गरीरकसरी छनोट गर्नुहुन्छ ?
केहि आफूलाई मन परेका पुस्तक प्रेमी ब्यक्तित्वहरु लाई फलो गरेको छु सोसिअल मिडियामा । प्रायः जसो पुस्तकहरु वहाँहरुकै रिभ्यु अनुसार पढ्द्छु । मुख्यतया आफूलाई रुचि भएको बिषय सम्बन्धि हुनुपर्यो । जस्तै भर्खरै एउटा पुस्तक जय शेट्टीको ‘थिन्क लायक अ मन्क’ किनेर पढें । उसलाई मैले धेरै अघिदेखि फलो गर्थें अनि उसको भिडियोहरु हेरिरहेको हुन्थें । यसैले उसको पुस्तक बजारमा आउनुभन्दा अगाडि नै अग्रिम अडर गरेर किने ।
१०. मन परेको र सधैं सम्झिरहने र आँफूलाई प्रभाव पारेको कुनै पुस्तकको कुनै हरफ र अंश ?
थिङ्क एण्ड ग्रो रिच पुस्तकबाट एउटा हरफ म संधै सम्झिरहन्छु । “हरेक कठिनाई, असफलता, हरेक दुःखका क्षणहरुले उत्तिकै अवसरहरु पनि बोकेका हुन्छन् ।”
त्यस्तै, द अल्केमिस्टबाट एउटा हरफस “जब तिमी केहि (मन बाट) चाहान्छौ, सारा ब्रम्हाण्ड तिमीलाई सहयोग गर्न षड्यन्त्र गर्नेछ ।”
११. जीवनमा प्रभाव पारेको कुनै पुस्तक र किताबी पात्र छन् ? पुस्तक तथा पात्रको नाम र प्रभाव पार्नाको कारण ?
मलाई प्रभाव पारेका पुस्तक त धेरै छन् । तर पात्र चै सिद्धार्थ नै हो । प्रभाव पार्नुको कारण चै उसको सिद्धान्त हो । “ज्ञान आफै भित्रबाट प्राप्ती हुन्छ – ज्ञान तथा बुद्ध्त्व न त गुरुहरुबाट न त सांसारिक बस्तुहरुबाट नै प्राप्त हुन्छ । यो हरेक उमेर तथा हरेक पलहरुमा उपलब्ध छ । सही अर्थमा ज्ञान स्थिरता, करुना, साथै आफू वरिपरिका हरेक चिजहरुलाई आफु जत्तिकै महत्व दिएर उनिहरुलाई बुझ्न सक्नुलाई नै भनिन्छ ।”
१२. पढ्न चाहेर पनि नपाउनुभएको कुनै पुस्तक छ ? पुस्तकको नाम ?
“The Power of Now : A Guide to Spiritual Enlightment”
१३. मन नपरेर पढ्दापढ्दै बीचैमा छाडेको कुनै पुस्तक छ ? पुस्तकको नाम र मन नपर्नाको कारण ?
“लोलिता” भन्ने पुस्तकको बारेमा मेरो एउटा साथीले धेरै कुरा गर्यो । त्यस्तै २०/२१ बर्षको थिए होला । सुरुमा त ठिकै लाग्दै थियो तर पढ्दै जाँदा कहाँनी धेरै नै डार्क लाग्दै गयो अनि पढ्न नसकेर बीचैमा छाडिदिएँ । मलाई पुस्तकहरु प्रायः सकारात्मक मेसेज दिने खाल्का मन पर्छन् ।
१४.अरूलाई कुन पुस्तक पढ्न सल्लाह सुझाव दिनुहुन्छ ?
जिन्दगीमा सफल हुनकालागि The Go Giver by Bob Burg, Think and Grow Rick by Napolean Hill, Seven Habits of Highly Effective People by Stephen Covey पुस्तकहरु निकै उपयोगी छन् । त्यस्तै पढ्दा रमाइलो साथै सन्देशमूलक पुस्तक हरुमा The Alchemist by Paulo Cohelo, Siddhartha by Herman Hesse उपयोगी छन् ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...