गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला: एक लाख तिरे कुर्सीमा नाम

आर्थिक संकलन गर्ने लक्ष्य राखेर धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राखिने कुर्सी बेच्ने भएको छ । ‘हाम्रो रंगशाला, मेरो कुर्सी’ नाम दिएर निर्माण कार्य भइरहेको रंगशालाको खर्च जुटाउने उद्देश्यले फाउन्डेसनले अभियान सुरू गरेको हो । फाउन्डेसनले रंगशाला निर्माणमा देखिएको आर्थिक संकट तथा अभाव पूरा गर्नका लागि कुर्सी बेच्ने अभियान सार्वजनिक गरेको हो। अभियानअन्तर्गत रंगशालामा आफ्नो नामको कुर्सी राख्नका लागि निर्माणमा १ लाख रूपैयाा सहयोग गर्नुपर्नेछ। प्यारापिटको स्टान्ड ‘ए’ र ‘बी’ मा १५/१५ हजार गरी कुल ३० हजार दर्शक क्षमता रहेको छ । आफ्नो बनाएको उक्त कुर्सीमा बसेर रंगशालामा हुने उद्घाटन खेल निशुल्क हेर्न सकिने र सबैको अपनत्व होस् भनेर अभियान थालिएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । ‘रंगशालामा सबैको अपनत्व महसुस होस् भनेर ‘हाम्रो रंगशाला मेरो कुर्सी’ अवधारणा अघि सारिएको हो,’ फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले भने–‘सहयोगको वाचा गरेकाहरू पनि यस अभियानमा सामेल हुन सक्नेछन् । रंगशाला सबैको साझा सम्पत्ति हो । धुर्मुस सुन्तलीको मात्र अभियान हैन, यो सबै जनताको अभियान हो । कुर्सी किनेपछि उद्घाटन खेलमा सोही कुर्सीमा बसेर निशुल्क हेन पाउनेछन् ।’ फाउन्डेसनले हालसम्म भएको निर्माणको खर्च विवरण र आम्दामी–खर्च पनि सार्वजनिक गरेको छ । जसअनुसार रंगशाला निर्माणमा ११ करोडमाथिको घाटा देखिएको छ । फाउन्डेसनले तयार पारेको डिपिआरअनुसार रंगशाला निर्माणको कुल लागत ३ अर्ब ५५ करोड रहेको छ । तर, २०७७ सम्ममा जम्मा ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रूपैयाँ ८० पैसा मात्र संकलन भएको छ । अहिलेसम्म ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रूपैयाँ २३ पैसा खर्च भएको छ । कार्यक्रममा उपस्थित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले रंगशाला सबैको साझा सम्पत्ति भएको भन्दै निर्माण सम्पन्न गर्न सहयोगका लागि सबैसमक्ष अपिल गरेका छन् । उनीहरूले सहयोग गर्न सरकारलाई पनि आग्रह गरेका छन् । भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा निर्माण भइरहेको रंगशाला निर्माणमा हालसम्म मैदानको ५ प्रतिशत काम र प्याराफिटतर्फ ३० प्रतिशत काम सम्पन्न भएको फाउन्डेसनले जानकारी दियो । जनस्तरबाट उठ्ने अपेक्षा गरिएको रकम र सहयोग विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण उठ्न सकेको छैन । फाउन्डेनसनले आगामी १८ महिनाभित्र रंगशाला निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



