बालबालिकालाई निगरानि गर्ने युट्युबको नयाँ फिचर

आफ्ना छोरा–छोरीले युट्युबमा के–के सामाग्रीहरु हेर्छन् भन्ने कुरा अभिभावकले नियन्त्रण तथा निगरानी गर्न सक्ने गरी युट्युबमा एक नयाँ फिचर ल्याउने भएको छ । युट्युब किड्स एप प्रयोग गर्न नचाहने र युट्युबको मुख्य एपकै प्रयोग गर्ने किशोरावस्थाका बच्चाबच्चीहरुलाई लक्षित गर्दै युट्युबले उक्त नयाँ फिचर ल्याएको बताइएको छ । बालबालिकालाई लक्षित गरिएको युट्युब किड्स एपका सामाग्रीबाट पनि चित्त नबुझाउने र परिपक्व भैनसकेका कारण मुख्य एपका सबै सामाग्री समेत हेर्न दिनु उपयुक्त नहुने अवस्थाका हुर्केका केटाकेटीहरुका लागि उक्त फिचर उपयोगी हुने बताइएको छ । युट्युबको मुख्य एप प्रयोगका लागि १३ वर्षको उमेर पुगेको हुनु पर्दछ र त्यसभन्दा कम उमेरका केटाकेटीका लागि युट्युब किड्स नामक छुट्टै एप उपलब्ध छ । आफ्नो पछिल्लो घोषणामा युट्युबले जनाए अनुसार आगामी दिनमा युट्युबले एक नयाँ फिचर सुरु गर्नेछ, जसले सुपरभाइज्ड गुगल अकाउन्टको माध्यमबाट अभिभावकहरुले आफ्ना छोराछोरीलाई युट्युबमा पहुँच उपलब्ध गराउन तथा हेर्ने सामाग्रीमाथि नियन्त्रण र निगरानी गर्न पाउनेछन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...