चितवन समाज जर्मनी गठन

नेपालको चितवन जिल्लाबाट अध्यान, रोजगार, व्यापार लगायत बिभिन्न पेशामा जर्मनीमा रहेका नेपालीहरु बीच हालै एक भेटघाट कार्यक्रम र भेला सम्पन्न भएको छ । भेलाले चितवनवासीको वीचमा आपसी भाईचारा, पुस्ता-पुस्ता वीचको अन्तर्क्रिया, विचार एवं अनुभवको आदनप्रदान गर्न, बहु संस्कृतिक परिवेशमा हुर्कदै गरेका बालबालिकालाई मार्ग प्रदर्शन गर्न र चितवन जिल्लाको समग्र विकास तथा बिभिन्न सामाजिक कार्यमा यथाशक्य योगदान पुर्याउने उद्देश्यले एक संस्थापक तदर्थ समिति गठन भएको छ ।
भेलामा जर्मनीका विभिन्न शहरहरुमा बसोबास गर्दै आएका चितवनवासीहरु सहभागीता थियो । त्यस्तै समाजसेवामा अग्रणी योगदान गर्दै आएको चितवनवासीहरुको संस्था चितवन सहायता कोष बेल्जियमका पदाधिकारीहरुको सहजीकरणमा प्रकाश शर्माको अध्यक्षता र एनआरएनए का पुर्ब अध्यक्ष जीवा लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले यज्ञराज सुवेदीको संयोजकत्वमा संस्थापक तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिका अन्य सदस्यहरुमा होम शर्मा, किरण रायमाझी, रमेश शिवाकोटी, भीमा नानी श्रेष्ठ, ओम आले, राजेश लाल श्रेष्ठ, शिव मरहठ्ठा, रामदाश श्रेष्ठ, यमकला काफ्ले, सुनिल हमाल, आयुष श्रेष्ठ र दिपेन्द्र सुवेदी रहनु भएको छ । त्यस्तै सल्लहाकार समितिमा जीवा लामिछानेका, प्रकाश शर्मा, राम प्रताप थापा, सुरज श्रेष्ठ र हुमनाथ ढकाल हुनुहुन्छ ।
तदर्थ समितिले सदस्यहरु र चितवनवासीहरु वीच क्षेत्रीय संयोजन गर्न र जर्मनीमा रहेका सबै चितवनवासीहरुलाई थप संगठित गराउदै निकट भविष्यमा विस्तारित भेला गरि समितिलाई आधिकारिकता दिनेछ । संस्थामा आबद्धता भइ जिल्लामा गर्न सकिने बिबिध परोपकारी कार्यहरुका लागि संस्थालाई सल्लाह सुझाब दिनु हुन पनि नबनिर्मित समितिले सबै दाजुभाई दिदिबैनीहरुलाई अनुरोध गरेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...