मान्छे हुनुको पीडा

रामु ! ए रामु, कता गएछ यो लखने (राम लखन)…काम गर्ने केटोलाई नदेखेर मनमनै भुत्भुताउँदै मेम्साब (सुप्रभा) भित्रबाट हातमा बाहिर खोरमा थुनिराखेका कुकुरको खाना लिएर निस्किईन् । हैन कहाँ गएछ यो लखने ! साप (प्रभाकर बिक्रम) गल्फ खेलेर फर्किने बेला भैसक्यो ! मार्सिन्छ ऐले ! हेर त टमी, डगी, सेरु, जङ्घे, टाइसन पाँचै वटा कुकुर नराम्री भोकाएछन् । हैन भन्दै नभनी कता अन्मर्यो यो आज…, हिजोका जुठा भाँंडा यसै छन्, फूलमा पानी हालेको छैन, कपडा धुनु त्यसै छ…यति भन्दै कुकुरलाई खाना दिएर उनी घरभित्र पसिन् । बाहिरबाट सबै कुकुरहरू एकै चोटि जोर जोरले भुकेको सुनेर हैन भर्खर खाना दिएर आएकी के भयो र यस्तो (मानौँ कुनै चोर चकार वा नौला जन्तु जनावर घरमा आएको होस) भन्दै प्रभा फेरि बाहिर निस्किइन् । विडम्बना आफुले माया गरेर दिएको मासु भात खानु साँटो घरको एकछेउ तिर फर्केर उनीहरू एकतमासले भुकिरहेका थिए । सुरुमा त भोकले होला खिच्चाहरू मर्न आँट्या… खाओ चुपचाप भनिन् उनले तर कुकुरहरू खानु साँटो चिच्याई मात्र रहे । अन्ततः उनी बाध्य बनिन् र कुकुरहरूले निशाना लगाएको घरको छेउमा गएर हेरिन्, जहाँ त्यही उनको खोजिमा रहेको रामु, कुकुरको खाना हेरेर मुख मिठ्याउँदै मात्र थिएन, आफ्नो कति दिनदेखिको भोक मेटाउँदै थियो, मानौँ कि त्यो खाना उस्की मेम्साब प्रभाले कुकुरलाई नभएर उस्की आमा (राम दुलारी जस्ले उसलाई उसका बाबु (राम रतनको विदेशमा दुर्घटनामा) मृत्यु भएपछि सानैमा छोडेर अर्कैसँग गएकी थिइन र आज ऊ यसरी सहरमा काम गर्ने कान्छो बन्न बाध्य बनेकोले बडो प्यारले पस्केर दिएकी हुन् !!! अस्तु ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...