नेपाली शिशु फर्काउन अस्ट्रेलियाको अस्पतालद्वारा अस्वीकार
सिड्नी, । अस्ट्रेलियाको एक अस्पतालले शरणको खोजिमा रहेका एक शिशुलाई नाउरुस्थित हिरासतमा फर्काउन अस्वीकार गरेको छ । यसबीच शरणार्थीलाई फर्काउन बनाइएको उक्त शिविरको विरोधमा अस्ट्रेलियामा अभिमत बन्दै गएको देखिएको छ ।
सरकारको कडा आप्रवास नीतिअनुसार डुङ्गा मार्फत अस्ट्रेलियामा आउने विदेशीलाई पपुवा न्युगिनी तथा नाउरुमा राखिएको हिरासत शिविरमा फर्काउने गरिन्छ ।
उनीहरू शरणार्थी भए पनि उनीहरूलाई अस्ट्रेलियामा पुनर्वास दिने कुरा अस्वीकार गरिन्छ ।
उच्च अदालतको निर्णयपछि २६७ शरणार्थीलाई नाउरु पठाउने कुरा रोक्न हाल राज्य सरकार, चर्च तथा कार्यकर्ताहरूले प्रयास आरम्भ गरेका छन् र अस्पतालको पाइला उनीहरूको पक्षमा रहेको छ ।
यी शरणार्थीलाई उपचारका लागि अस्ट्रेलिया ल्याइएको हो र उनीहरूलाई नाउरु फर्कांइने भएको छ । आइतबार एक्सनएड, एम्नेस्टी इन्टरनेसनल, गेटअप तथा ग्रिनपिसले ‘लेटदेमस्टे’ नामक अभियान सञ्चालन गरेका छन् ।
जनवरी महिनाको अन्त्यतिर शरणको खोजीमा रहेकी १२ महिने नेपाली बालिका आशा नाउरुको हिरासत केन्द्रमा उम्लेको पानीमा परी निजलाई चोट लाग्दा उपचारका लागि अस्ट्रेलियाको ब्रिस्बन नगरमा ल्याइएको थियो ।
उच्च अदालतले यसै महिनाको आरम्भमा सरकारको नीतिको पक्षमा निर्णय गरेको थियो । यस निर्णयका कारण आशा तथा अन्य ३६ बालबालिकालाई अब नाउरुतर्फ पठाउनुपर्नेछ ।
ब्रिस्बनको लेडी सिलेन्टो बाल अस्पतालका प्रवक्ताले आशाका लागि उपयुक्त घरेलु वातावरण पत्ता नलागेसम्म उनलाई अस्पतालबाट नपठाइने बताए ।
अस्पतालको अडानलाई क्विन्सल्यान्ड राज्यको स्वास्थ्यमन्त्री क्यामरुन डिकले पनि समर्थन गर्नुभएको छ । रासस/एएफपी

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...