भगवान बुद्ध र बौद्ध धर्म
भगवान नारायणको नवौं अवतारको रुपमा गौतम बुद्ध आजभन्दा २५२७ वर्ष पहिले कपिलवस्तुका राजा शुद्धोधन । रानी माया देवीको कोखबाट आजकै दिनमा लुम्विनीको कपिलवस्तुमा जन्मनु भएको थियो ।
उहाँ जन्मेको सात दिनमा नै सात पाइला टेकेर हिड्नु भयो । त्यसैले गर्दा उहाँमा विलक्षण प्रतिभा भएको हँुदा बौद्ध धर्मको प्रवर्तकको रुपमा प्रख्यात हुनु भयो र असंख्य जनसमुदायलाई अहिंसाको मार्गमा अगाडि बढी आत्मज्योतिको दर्शन गर्दै कसरी निर्वाण प्राप्त गर्ने भन्ने बारेमा मार्ग निर्देशन प्रदान गर्नु भयो ।
गौतम बुद्धको विवाह यशोधरा राजकुमारी सँग भएको थियो । उहाँको एउटा छोरा राहुल पनि जन्म भएको छ । राज खाजखानदानको ऐस आराम जीवन विताउन छाडेर उहाँ निर्वाण प्राप्त गर्ने मार्गमा लाग्नु भयो । उहाँले बौद्ध गयाको पीपलको वृक्षमा ध्यानमा मग्न भै त्यहीबाट ज्ञान प्राप्त गर्नु भयो । उहाँको बौद्ध धर्म सम्वधी ग्रन्थलाई त्रिपिटक भनिन्छ ।
आज संसार भर बौद्ध धर्मका असंख्य अनुयायीहरू छन् र उहाँले देखाउनु भएको मार्गमा अगाडि बढी आँफू तथा लोकको कल्याणमा समर्पित हुनु भयो । उहाँको उपदेशलाई चार आर्य सत्यहरूमा बँँधिएका छन् । ती मध्ये प्रथम आर्य सत्य हो, दु:ख अर्थात यो संसार दु:ख मय छ । दोस्रो आर्य सत्य हो, दु:ख समुदाय एवं दु:खहरूको कारण । तेस्रो आर्य सत्य हो दु:ख निरोध अर्थात दु:खहरूको अन्त्य हुन्छ । चौथो आर्य सत्य हो दु:ख निरोध मार्ग अर्थात दु:खहरूको नाश गर्ने मार्ग ।
उहाँका अनुसार अधिद्या नै दु:खको मूल कारण हो । अविद्याको नाश हुनाले संस्कारको अन्त्य हुनेछ । यसरी जब दु:खको कारणहरूको नै नाश हुनेछ तव स्वत: नै दु:खको अन्त्य हुनेछ । बौद्ध धर्ममा यही दु:ख निरोध नै निर्वाण हो । निर्वाणको प्राप्त नै बौद्ध धर्मको परम लक्ष्य हो ।
यो दु:खहरूलाई नाश गर्ने अथवा निर्वाण प्राप्त गर्ने मार्ग पनि छ । जसलाई दु:ख निरोधको मार्ग भनिन्छ । जसलाई अष्टागिक मार्गहरू भनिन्छ ।
१. सम्यक दृष्टि :–
अविद्या अथवा अज्ञानको कारण मनुष्यमा मिथ्या दृष्टि उत्पन्न हुने गर्दछ । जसको कारण यथार्थ ज्ञान प्राप्त हुँदैन । तर जव मनुष्यको शरिर, मन र वाणिबाट यथार्थ रुपमा ज्ञान प्राप्त गर्दछ । त्यो स्थितीलाई सम्यक दृष्टि भनिन्छ । राम्रो नराम्रो कर्महरूको बारेमा जानकारी हाँसिल गरी समुचित मार्गलाई अप्नाउनु नै सम्यक दृष्टि हो ।
२. सम्यक संकल्प : –
सांसारिक विषयहरूको आशक्ति अरुप्रति द्धेष भाव तथा हिंसालाई दृढ निश्चयका साथ त्याग गरिदिनु नै सम्यक संकल्प हो ।
३. सम्यक वाक : –
सत्य बोल्नु, प्रिय बोल्नुलाई सम्यक वाक भनिन्छ । कसैको निन्दा नगर्नु, कष्ट पुग्ने वचन तथा वाणी नबोल्नु, विना कारण बोलिरहनु आदि सबै सम्यक वाक हो ।
४. सम्यक कर्मान्त :–
निर्वाण प्राप्तिको लागि नराम्रा कर्महरूको त्याग गर्न जरुरी छ । यी नराम्रा कर्महरू तीन प्रकारका छन् । हिंसा, स्नेह र इन्द्रिय – भोग । यी तीनै कर्महरूको प्रतिकूल अहिंशा, अस्तेय (चोरी नगर्नु, कसैको बस्तु नलिनु) र इन्द्रिय–संयमलाई सम्यक कर्मान्त भनिन्छ ।
उहाँले भिन्न भिन्न प्रकारका व्यक्तिहरूको लागि अलग अलग प्रकारका कर्महरू गर्ने उपदेश दिनुभएको छ । जस्तै गृहस्थ जीवनको लागि, सन्यासीको लागि र भिक्षुहरूको लागि ।
५. सम्यक आजिविका :–
इमान्दारीपूर्वक जीविकोपार्जन गर्नु नै सम्यक आजिविका हो । उहाँका अनुसार जीवन निर्वाहको लागि पवित्र मार्गको अनुशरण गर्नु पर्दछ । न कि अशुभ र अपवित्र मार्गहरूको । सम्यक कर्म गर्नेहरूले कहिलेकाहीँ जीवन निर्वाहको लागि अनुचित मार्गहरूलाई अप्नाउन सक्दछन् । अत: बुद्धले सम्यक आजिविकामाथि जोड दिनुभएको छ । ताकि सम्यक कर्मान्तको पालना हुन सकोस् ।
६. सम्यक प्रयत्न :–
कहिले काहीँ व्यक्ति पूर्व आर्जित कू–संस्कारहरूको कारण आफ्नो मार्गबाट भट्किन सक्छ तथा उसको हृदयमा नराम्रा भावहरूको जन्म हुन सक्दछ । त्यसैले उहाँले सतत नियन्त्रणको अभ्यास माथि जोड दिनु भएको छ ।
पुराना गलत भावहरू मनमा नआउन नराम्रा भावहरू उत्पन्न पनि नहुन मन साथै राम्रा विचारहरूले पूर्व होस तथा सदैव राम्रा विचारहरूलाई धारणा गरौं यही नै सम्यक प्रयत्न हो ।
७. सम्यक स्मृति :–
जुन कुराको ज्ञान भैसक्यो त्यसलाई बारम्बार आफ्नो सम्झना बनाई राख्ने प्रयास गरिरहनु पर्दछ । जसको यथार्थ ज्ञान भैसक्यो त्यसलाई कहिल्यै विर्सिनु हुँदैन ।
८. सम्यक समाधि :–
चितलाई, मनलाई एकाग्र गर्दछ, त्यस अवस्थालाई उहाँले समाधि भन्नु भएको छ । चितको मनको खराब भावहरू समप्त गर्दछ भने उसले सम्यक समाधि प्राप्त गर्दछ ।
बौद्ध धर्म अनुसार सम्यक समाधिका चार अवस्थाहरू छन् । पहिलो विचारहरूलाई बाँधेर बैराग्यको अनुभूति गर्दछ । दोस्रो विचारको द्धन्द समाप्त भएर शान्ति तथा आनन्दको अनुभव गर्दछ । तेस्रो आनन्दको मोह पनि समाप्त भएर आनन्द प्रति पनि उदासिन हुन्छ । चौथो देहको सुख, आनन्द या शान्तिको पनि अनुभव हुँदैन ।
यस अवस्थामा चितको सम्पूर्ण वृतिहरू पूर्ण रुपले निरोध भएर जान्छन् । सम्पूर्ण दु:ख तथा द्धन्दहरू समाप्त भएर जान्छन् ।
यही त्यो अवस्था हो जसलाई बौद्ध धर्ममा निर्वाण भनिएको छ । चतुर्थ आर्य–सत्य दु:ख निरोधको मार्ग यही हो । यही मार्ग अगाडि बढेर भगवान बुद्धले निर्वाण प्राप्त गर्नु भएको थियो ।
यस अष्टाङ्गिक मार्गलाई पनि प्रज्ञा, शिल र समाधिमा विभाजित गरिएका छन् । सम्यक दृष्टि तथा सम्यक संकल्प दुवै प्रज्ञा अन्तर्गत पर्दछन् । त्यस्तै सम्यक वाक, सम्यक कर्मान्त, सम्यक आजिविका र सम्यक प्रयत्न गरी यी चारै शिल अन्तर्गत पर्दछन् । सम्यक स्मृति र सम्यक समाधि चाहीँ समाधि अन्तर्गत पर्दछन् । सम्यक स्मृति र सम्यक समाधि प्राप्त भएपछि मात्र निर्वाण प्राप्त हुन सक्छ ।
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
Where for the best single gays in your area Single homosexual men in...
exactly what are real adult hookup sites? Exactly what are the most useful...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
En promedio, basado en Internet personas que se citan gastan simplemente...