बेबिलोन स्कुलद्वारा क्रिकेट खेलाडीलाई छात्रवृत्ति

काठमाण्डौ- शान्तिनगर, काठमाण्डौस्थित बेबिलोन नेशनल उच्च माविले क्रिकेटका उदीयमान वालखेलाडी प्रशान्त न्यौपानेलाई आवाशिय सुविधासहित कक्षा ८ देखि १० कक्षासम्मको लागि छात्रवृत्ति दिएको छ । उनी सो विद्यालयमा कक्षा ८ मा पढ्न शुरु गरिसकेका छन् । न्यौपानेमा क्रिकेटको अद्धित्तिय मोह र क्षमता रहेको साथै पढाईमा समेत अब्बल रहेको बताइन्छ । नेपाली राष्ट्रिय क्रिेकट टीमका कप्तान पारस खड्काको पहलमा पर्वत जिल्लाको सरौंखोला टक्लकमा जन्मिएका न्यौपानेलाई बेबिलोन नेशनल उमाविले आवाशिय सुविधासहित १० कक्षासम्मको सम्पूर्ण पढाई खर्च वेहोर्ने निर्णय गरेको विद्यालयका प्रिन्सिपल राजु राईले बताउनुभयो । सोमबार विद्यालयको प्राथना सभामा न्यौपानेका बाबुआमा तथा कप्तान पारस खडकाको उपस्थितिमा उनको छात्रवृत्ति घोषणा गरिएको थियो ।
सानै उमेरदेखि क्रिकेटमा चासो राख्ने १२ वर्षिय न्यौपाने हाल बेबिलोन स्कुल नजिकैको द ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा नियमितरुपमा क्रिकेटको निशुल्क प्रशिक्षण लिईराखेका छन् । शैक्षिक भ्रमणको सिलसिलामा न्यौपानको गाउामा पुगेका कृषिविद्यार्थी सन्जय काफ्लेले उनलाई काठमाण्डौमा ल्याउन मद्धत गरेका थिए । उदीयमान वाल खेलाडी न्यौपाने दुबै हातले बलिङ्ग गर्न पोख्त छन । न्यौपानेका बाबुआमा दुबै शारिरीक रुपमा असक्त छन् । केही महिना अघि काठमाण्डौ आएका न्यौपाने कप्तान पारस खड्कासंग किर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल र नामिवियासंगको विश्वकप लिग क्रिकेट हेर्न पुगेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...