५ युवाले खोले ओजनेप इन्टरटेन्मेन्ट
ब्रिसबेनको गोल्डकोष्टमा रहेर नेपाली चलचित्र, कला र संस्कृतीको उत्थानमा लागिपरेका ५ युवा मिलेर ओजनेप इन्टरटेन्मेन्ट नामक संस्था स्थापना गरेका छन् ।
अष्ट्रेलियाको कानुन अनुसार हालै दर्ता गरेर सञ्चालनमा आएको भनिएको उक्त संस्थामा सुमन थापा, किशोर तिवारी, रजत सिग्देल, अमृत योञ्जन र हेम कंडेल छन् । संस्थाका सञ्चार संयोजक सुमन थापाले दिएको जानकारी अनुसार संस्थाले नेपाली चलचित्र, गीत संगीत र कला संस्कृतीलाई अष्ट्रेलियाभरि अझ चिनाउने किसिमका बिभिन्न कार्यक्रमहरु गर्नेछ ।
संस्थाका महासचिव रजत सिग्देलका अनुसार संस्थाले नेपाली चलचित्रहरुलाई अष्ट्रेलियाभरि प्रदर्शन गर्ने, नेपालबाट कलाकारहरु ल्याएर बिभिन्न सांगितिक कार्यक्रमहरु गर्ने, बिभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्नेछ । हालै स्थापना गरिएकाले अब चाँडै नै महत्वपुर्ण कार्यक्रमहरु गरिने उनले दाबी गरे ।
संस्थाका अध्यक्ष किशोर तिवारीका अनुसार संस्थाले ब्रिजेश श्रेष्ठको रुपमा बोलको गीतको म्युजिक भिडियो चाँडै सार्वजनिक गर्दैछ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...