बैदेशिक रोजगारीका लागि बेग्लै सञ्चय कोष बनाउन एनआरएनएको सुझाव

काठमाण्डौ । गैरआवासीय नेपाली संघ र कर्मचारी सञ्चय कोष बिच हालै ललितपुरमा सम्पन्न छलफलमा गैरआवासीय नेपाली संघले बैदेशिक रोजगारीमा गएका नेपाली कामदारको आम्दानीलाई उच्च प्रतिफल दिनेगरी बेग्लै सञ्चय कोष स्थापना गर्न सुझाव दिएको छ । बैदेशिक रोजगारीबाट आर्जित रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा खर्च नभइ दैनिक उपभोगमा सिमिति रहेको भन्दै संघले सञ्चय कोष स्थापना गरी उनीहरुको बचतलाई एकीकृतरुपमा उत्पादनमूलक क्षेत्रमा लगाउन सुझाव दिएको छ । गैरआवासीय नेपाली संघकी केन्द्रिय प्रबक्ता रञ्जु थापाले एक प्रेस बक्तब्य जारी गरि उक्त कुराको जनाकारी गराउनु भएको छ । प्रेस बक्तब्यका अनुसार छलफलमा संघका अध्यक्ष शेष घलेले बैदेशिक रोजगारीका बैग्लै कोष स्थापना प्रभावकारी हुने बताउदै कर्मचारी सञ्चय कोषले लामो समयदेखि जुन बिश्वसनीयतालाई सावित गर्दै आएको छ, कोषले नै बैदेशिक रोजगारीका लागि बेग्लै कोष संचालन गर्न सके ठूलो लगानी भित्रिने सम्भावना रहने बताउनु भेयो उहाँले यसरि कोष बनाउदा साविकका कर्मचारी बचतकर्ताकै कोषमा मिसाउनु भन्दा बचतकर्ताको रुची र उदेश्य अनुसार फरक फरक कोष भएमा अझ ब्यबहारिक हुने सुझाउनु भयो । बैदेशिक रोजगारीमा आर्जित रेमिट्यान्स बचत गर्ने कार्यक्रम ल्याउने रुची देखाएकोमा कोषलाई धन्यबाद दिँदै अध्यक्ष घलेले त्यसको प्रभावकारी कार्यन्वयनका लागि एनआरएनएले हातेमालो गर्ने बताउनुभयो । त्यसका लागि एनआरएनएका राष्ट्रिय समन्वय परिषद्हरुलाई परिचालन गर्न आफ्नो संस्था तयार रहेको बताउदै अब बन्ने ऐन तथा नियमावलीमा स्पष्ट प्राबधानको ब्यबस्था हुनुपर्ने सुझाव दिनु भयो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...