पारिवारिक भेटघाट तथा अभिभावक बिदाइ कार्यक्रम सम्पन्न l


ब्ल्याकटाउन नेपाली समुदाय (बीएनसी) ले पहिलो पटक पारिवारिक भेटघाट तथा अभिभावक बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । यहि जून २५ का दिन ब्ल्याकटाउन शो ग्राउण्ड पार्कमा आयोजित उक्त भेटघाट कार्यक्रममा नेपाली समुदायका २०० भन्दा बढीको उपस्थिति थियो। गत मे १ का दिन औपचारिक रुपमा पहिलो साधारण सभा सम्पन्न गरेको बीएनसी ले ब्ल्याकटाउनको सेरोफेरोमा रहेका नेपाली समुदाय र नेपालबाट पारिवारिक भेटघाटका क्रममा यहाँ रहनु भएका अभिभावक हरुका बीचमा आपसी भेटघाट, सामाजीकरण तथा सदभावका लागि आयोजना गरेको यो पहिलो कार्यक्रम हो ।
बिहान करिब १० बजे देखि साँझ ५ बजे सम्म रहेको यो भेटघाट कार्यक्रममा २० जना अभिभावकहरुलाई अस्ट्रेलिया बसाइको सम्झना र सम्मान स्वरुप उपहारहरु प्रदान गरिएको थियो । कार्यक्रम अपेक्षा गरेभन्दा राम्रो र उत्साहजनक भएको र यस्तो खालको बिदाइ तथा भेटघाट कार्यक्रम प्रत्येक ३ महिनामा गरिने कुरा बि एन सी अध्यक्ष्य कृष्ण निरौलाले बताए । कुल ४८ सबर्बहरुमा फैलिएको ब्ल्याकटाउन काउन्सिल न्यु साउथ वेल्सको सबै भन्दा ठुलो काउन्सिल हो र नेपालीहरुको संख्याको हिसाबले पनि ब्ल्याकटाउन काउन्सिल सबै भन्दा ठुलो हुन सक्ने देखिन्छ । यस क्षेत्र भित्र रहने नेपाली समूदायका सदस्य हरुलाई एकत्रित गरि सामूदायिक हित, संजालको बिस्तार, भेटघाट, छलफल तथा पारस्परिक सहयोगका साथै नया पुस्तालाइ नेपाली भाषा संस्कृति परम्पराको ज्ञान गराउनको लागि आउदा दिनहरुमा सवै मिलेर अनबरत काम गरिने कुरा बताउछन् बि एन सी उपाध्यक्ष्य दुर्गा बन्जाडे । निकट भबिष्यमै यस क्षेत्रमा रहेका नेपाली बालबच्चाहरुलाई नेपाली भाषा कक्षा, नाच-गान तथा नेपाली चलचित्र पर्दर्शन कार्यक्रम रहेको कुरा बीएनसी का सचिब सन्तोष दाहालले नेपाली टाइम्सलाई बताए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



