सिड्नीमा बसन्त चौधरीको एकल कविता वाचन

विश्व कविता यात्राको सोर्हौँ श्रृङ्खला २५ जुन शनिबारका दिन सिड्नीमा साहित्यप्रेमीहरु बीच सफलता पूर्वक सम्पन्न भयो । साताको साहित्य डट कमको आयोजनामा सम्पन्न कविता वाचनमा कवि बसन्त चौधरीले आधा आफ्ना घण्टा कविताहरु वाचन गरे । आफ्ना रचनाहरु बचनका क्रममा मुक्तकमा बढी ताली आएको स्वकारोक्ति गर्दै उनले केहि मुक्तकहरू मिसाए । त्यस्तै वाचनको अन्त्यमा भने उनीले आफ्नो गजल गुन्गुनाए । कविताको माध्यमबाट प्रेम र सम्बन्धलाई प्रस्तुत गर्न रुचाउने कवि तथा गीतकार चौधरीका केही लोकप्रिय गीतहरूलाई सिड्नीका गायक गायिका सुजाता उपाध्याय मानन्धर, समीर आचार्य र सन्जिव पराजुलीले स्वरबद्ध गरेका थिए । कार्यक्रमको अन्त्यमा संयुक्त रुपमा गाइएको ‘शान्ति लुकाउँ कहाँ’ बोलको गीतले सबैको मन छोएको थियो ।
कार्यक्रमको संचालन साताको साहित्यका सम्पादक, कवि तथा उपन्यसाकार निष्प्रभ सजीले गरेका थिए । यात्राको सत्रौँ श्रृङ्खला अन्तर्गत २६ जुन आइतवारका दिन अस्ट्रेलियाको मेलवर्नमा सम्पन्न भइसकेको छ भने अठारौँ श्रृङ्खला बेल्जियममा हुन गइरहेको जानकारी कार्यक्रम संयोजक राजेन्द्र शलभले दिएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...