२०२ औ भानु जयन्ति बिबिध कार्यक्रम सहित मानाइदै 

-- The NTA ?>
bhanu jayantiनेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले २०२ औ भानु जयन्ति बिबिध साहित्यक कार्यक्रम सहित मानाउदै छ।  सम्पूर्ण अष्ट्रेलीयावासी साहित्य प्रेमी एवं सर्जक हरुलाई भानु जयन्तीको उक्त कार्यक्रममा सहभागी हुनको लागि प्रतिष्ठानले हार्दिक अनुरोध गरेको छ ।  जुलाई ९ तारिक, शनिबारको दिन अपरान्ह १२ देखि ४ बजेसम्म हुने उक्त कार्यक्रम पोलिस कल्ब एसफिल्डमा हुदैछ ।  कार्यक्रममा प्रबासमा बसेर नेपाली साहित्य र कला संस्कृतिमा बिशेष योगदान पुराउने बिभिन्न महानुभाबहरुलाई सम्मान गर्ने समेत कार्यक्रम रहेको छ ।  सो कार्यक्रममा आफ्नो कविता प्रस्तुत गरि वा प्रोत्साहन दिइ सहभागी हुन सबैलाई संस्थाले अनुरोध गर्दै उक्त दिन बचन कविता मध्येका उत्कृस्ट कविताहरु सदाझैं प्रवासी पाईलामा प्रकासित गरिने पनि जनाईएको छ।
बिस्तृत जानकारीको लागि : www.nepalikala.org.au