मुक्तक महोत्सव सहित अनेसास एनएसडब्ल्युमा नयाँ कार्य समिती

सिड्नी, अस्ट्रेलिया | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) एनएसडब्ल्यु अष्ट्रेलियाको आयोजनामा सिड्नीमा पहिलो पटक “मुक्तक महोत्सव २०१६”भब्यताका साथ सम्पन्न भएको छ । जुन ३ का दिन कयनटाबरि सिड्नीमा सम्पन्न सोहि अबसर र सर्जकहरु बीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्ल्यु चौथो नयाँ कार्य समितीको समेत घोषणा गरिएको थियो । कार्यक्रम समापन पश्चात संस्थाकी नबनिर्बाचित अध्यक्ष सानु घिमिरेले एक प्रेस विज्ञप्ति जारि गरि सबै सर्जक र सहभागी हरुलाई धन्यवाद दिनु भएको छ । निवर्तमान अनेसास एनएसडब्ल्यु सचिव सुरेन्द्र दवाडीले संचालन गरेको र निवर्तमान अध्यक्ष महेन्द्र पौडेलको सभापतिमा सम्पन्न उक्त मुक्तक महोत्सव कार्यक्रममा दुइ दर्जन भन्दा बढी सर्जकहरुले आ-आफ्ना मुक्तक र रचना बाचन गरेका थिए । कार्यक्रममा अन्तरराष्ट्रि नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटाले नव गठित टिमलाई बधाई दिनु भएको थियो । एनआरएनएकी संरक्षक ईन्द्रा वनले अथितिहरुको तर्फबाट नयाँ कार्य समितीका पदाधिकारीहरुलाई खादा लगाई आगामी कार्यकालको लागि शुभकामना दिनु भएको थियो त्यसतै एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेद्र सिग्देलले पनि समुदायमा संस्थाले नेपाली भाषा साहित्यका लागि गरेको कार्यको प्रसंशा गर्दै नयाँ कार्यसमितिलाई शुभकामना दिनु भएको थियो ।
(फोटो-सानु घिमिरेको फेसबुकबाट )
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...