भजन संग्रह ‘रत्न रचना’ सार्वजनिक

काठमाडौं— गीतकार रत्नप्रसाद आचार्यद्वारा रचना गरिएका नेपाली भजनहरुको नया“ एल्बम ‘रत्न रचना’ बिहिबार काठमाडौंमा सार्वजनिक गरिएको छ । वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधान, संगीतकार मिलन मोक्तान, संगीतकार लक्ष्मण शेष, सञ्चारकर्मी कृष्ण
भट्टराईसहितका व्यक्तित्वले गायिका सविना आचार्यद्वार स्वरवद्ध उक्त एल्बम सार्वजनिक गरेका हुन् ।

नेपाल सांगीतिक संघका अध्यक्ष तथा संगीतकर्मी मिलन मोक्तानको सभापतित्वमा सम्पन्न विमोचन समारोहमा वरिष्ठ संगीतकार प्रेमध्वज प्रधानले हरेक गायक–गायिकाले भजनबाट आफ्नो गायन यात्रा प्रारम्भ गर्नु उपर्युक्त हुने धारणा व्यक्त गर्नु भयो । नातिकाजी, फत्तेमान जस्ता अग्रज गायकहरुले पनि भजनबाट गायन यात्रा प्रारम्भ गरेको उदाहरण दि“दै संगीतकर्मी प्रधानले गायिका सविना आचार्यको गायकीको प्रसंसा समेत गरे । नेपाल संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषले एल्बमका गीतहरुको समिक्षा गर्दै गायिका सविना आचार्यको सांगीतिक भविष्य उज्वल रहेको बताए । ‘एउटा–दुई वटा भजन सुन्दै गायिका आचार्यको प्रतिभाको पहिचान गर्न सफल भए“, संगीतकार शेषले भजनबाट गायन यात्रा प्रारम्भ गर्ने गायक–गायिका सांगीतिक क्ष्ँेत्रमा सफल हुने दावी गरे।
पारस म्युजिक ब्याण्डले तयार पारेको यो एल्बममा विकास चौधरी, बिनोदकुमार भुजेल, गोपालकुमार झा, राजसविनाद्वारा संगीतबद्ध भजनहरु समावेश गरिएका छन् ।
एल्बममा ‘हे इश्वर’, ‘हे राम’, ‘रित्तै आइ’, ‘फर्कन कृष्ण’ आदि शीर्षकका भजनहरु समावेश गरिएका छन् । एल्बमका भजनहरुमा विकास चौधरी तथा बिनोद कुमार भुजेलले संगीत संयोजन गरेका छन्।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...