भजन संग्रह ‘रत्न रचना’ सार्वजनिक
काठमाडौं— गीतकार रत्नप्रसाद आचार्यद्वारा रचना गरिएका नेपाली भजनहरुको नया“ एल्बम ‘रत्न रचना’ बिहिबार काठमाडौंमा सार्वजनिक गरिएको छ । वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधान, संगीतकार मिलन मोक्तान, संगीतकार लक्ष्मण शेष, सञ्चारकर्मी कृष्ण
भट्टराईसहितका व्यक्तित्वले गायिका सविना आचार्यद्वार स्वरवद्ध उक्त एल्बम सार्वजनिक गरेका हुन् ।
नेपाल सांगीतिक संघका अध्यक्ष तथा संगीतकर्मी मिलन मोक्तानको सभापतित्वमा सम्पन्न विमोचन समारोहमा वरिष्ठ संगीतकार प्रेमध्वज प्रधानले हरेक गायक–गायिकाले भजनबाट आफ्नो गायन यात्रा प्रारम्भ गर्नु उपर्युक्त हुने धारणा व्यक्त गर्नु भयो । नातिकाजी, फत्तेमान जस्ता अग्रज गायकहरुले पनि भजनबाट गायन यात्रा प्रारम्भ गरेको उदाहरण दि“दै संगीतकर्मी प्रधानले गायिका सविना आचार्यको गायकीको प्रसंसा समेत गरे । नेपाल संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषले एल्बमका गीतहरुको समिक्षा गर्दै गायिका सविना आचार्यको सांगीतिक भविष्य उज्वल रहेको बताए । ‘एउटा–दुई वटा भजन सुन्दै गायिका आचार्यको प्रतिभाको पहिचान गर्न सफल भए“, संगीतकार शेषले भजनबाट गायन यात्रा प्रारम्भ गर्ने गायक–गायिका सांगीतिक क्ष्ँेत्रमा सफल हुने दावी गरे।
पारस म्युजिक ब्याण्डले तयार पारेको यो एल्बममा विकास चौधरी, बिनोदकुमार भुजेल, गोपालकुमार झा, राजसविनाद्वारा संगीतबद्ध भजनहरु समावेश गरिएका छन् ।
एल्बममा ‘हे इश्वर’, ‘हे राम’, ‘रित्तै आइ’, ‘फर्कन कृष्ण’ आदि शीर्षकका भजनहरु समावेश गरिएका छन् । एल्बमका भजनहरुमा विकास चौधरी तथा बिनोद कुमार भुजेलले संगीत संयोजन गरेका छन्।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...