पेरिसमा घन्कियो दोहोरी

फ्रान्सको राजधानी पेरिस नेपाली लोक दोहोरी भाकाहरुले घन्किएको छ । गायिका देवी घर्ति मगर, गायक याम क्षेत्री लगायत युरोपमा रहेका लोकदोहोरी कलाकारहरुले पेरिसलाई लोक दोहोरीमय बनाएका हुन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (युरोप शाखा) को प्रथम अधिवेशनको अवसरमा पेरिसमा दोहारी गीतको कार्यक्रमको आयोजना गरिएको थियो । लोक दोहोरी गायिका घर्तिले ‘जिम्बाल बाको आँगनी’, ‘गल्कोटे माया’ आदि गीतहरु प्रस्तुत गर्दा दर्शकहरु झुमेका थिए । फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देवी लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव अर्जुन कुमार श्रेष्ठ, युरोप संयोजक कुल आचार्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा लोकदोहोरी गायिका घर्ति मगर, गायक क्षेत्री र फ्रान्समा जन्मेर पनि नेपाली गीतमा सक्रिय आन्नी श्रेष्ठलाई सम्मान गरिएको थियो । युरोप शाखाको पहिलो अधिबेशनबाट अध्यक्षमा स्पेनकी सुमी घिमिरे सापकोटालाई सर्बसम्मत निर्बाचित भएकी छन् ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...