पेरिसमा घन्कियो दोहोरी

फ्रान्सको राजधानी पेरिस नेपाली लोक दोहोरी भाकाहरुले घन्किएको छ । गायिका देवी घर्ति मगर, गायक याम क्षेत्री लगायत युरोपमा रहेका लोकदोहोरी कलाकारहरुले पेरिसलाई लोक दोहोरीमय बनाएका हुन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (युरोप शाखा) को प्रथम अधिवेशनको अवसरमा पेरिसमा दोहारी गीतको कार्यक्रमको आयोजना गरिएको थियो । लोक दोहोरी गायिका घर्तिले ‘जिम्बाल बाको आँगनी’, ‘गल्कोटे माया’ आदि गीतहरु प्रस्तुत गर्दा दर्शकहरु झुमेका थिए । फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देवी लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव अर्जुन कुमार श्रेष्ठ, युरोप संयोजक कुल आचार्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा लोकदोहोरी गायिका घर्ति मगर, गायक क्षेत्री र फ्रान्समा जन्मेर पनि नेपाली गीतमा सक्रिय आन्नी श्रेष्ठलाई सम्मान गरिएको थियो । युरोप शाखाको पहिलो अधिबेशनबाट अध्यक्षमा स्पेनकी सुमी घिमिरे सापकोटालाई सर्बसम्मत निर्बाचित भएकी छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...