दुबईमा एकसाथ दुई रेष्टुराँ
संयुक्त अरब इमिरेटसका विभिन्न प्रान्तमा नेपाली व्यावसायीहरु बढिरहेका बेला उत्तरी इमिरेटस् रास अल खेमा (राक) मा एकसाथ दुई नेपाली रेस्टुरेन्ट सञ्चालन गरिएका छन् । पहिले बन्द भएका जुलाई १ का दिन ती दुई रेस्टुरेन्ट उद्घाटन गरिएको हो । राकको नखिल एरियामा रोह अल इत्तेहाद रेस्टुरेन्ट नयाँ व्यवस्थापनमा सञ्चालन गरिएको हो भने नखिलको सफिर मार्केट छेवैमा काठमाडौं रेस्टुरेन्ट सञ्चालन गरिएको हो । स्वादिस्ट नेपाली परिकारहरुका साथमा मम, चाउमिन, नेवारी सेट, छोयला, सुकुटीलगायत नेपाली चाडपर्व विशेष खाना पाइने काठमाडौं रेस्टुरेन्टमा नेपालमै बसेर खाएको अनुभूति दिलाइने सञ्चालकको दावी छ । सानो एरियामा एकै पटक दुई वटा रेस्टुरेन्ट सञ्चालन आउन लागेपनि दुई रेस्टुरेन्टबीच स्वस्थ्य व्यावसायिक सम्बन्ध रहने दुबै नेपाली लगानीकर्ताले प्रतिक्रिया दिएका छन् ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...