यूरोपमा अर्को आक्रमण

टर्कीको इस्तानबुलस्थित अटाटुर्क विमानस्थलमा जुन २८ का दिन बन्दुकधारी र आत्मघातीहरूले भीषण आक्रमण गर्दा करिव ४१ जनाको भने झन्डै ३ सय भन्दा बढि घाइते भएका छन् । मृत्यु भएका मध्ये १३ जना विदेशी नागरिक भएको बताइन्छ । युरोपकै तेस्रो व्यस्त मानिने यो विमानस्थलमा ट्याक्सी चढेर आएका तीन जना आक्रमणकारीले टर्मिनल प्रवेशद्वारमा गोली बर्साउन थालेका थिए । प्रहरीले जवाफी फायर गर्न थालेपछि आतंककारीहरूले आत्मघाती विस्फोट गराएका थिए । टर्कीका प्रधानमन्त्री विनाली यिलडिरिमले आक्रमण इस्लामिक स्टेट (आइएस) बाट भएको हुन सक्ने अनुमान गरेका छन्, यद्धपि कसैले पनि यसको जिम्मेवारी लिएको छैन । उक्त घटनापछि टर्कीले जुन २९ लाई राष्ट्रिय शोक घोषणा गर्यो । अनुसन्धानकर्मीहरूले सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीहरूको बयान र यात्रीहरूले मोबाइलमा खिचेका भिडियोलाई परिक्षण गर्दै आक्रमणकारीहरूको पहिचान प्रयास थालेका छन् । टर्कीको डोगान समाचार एजेन्सीका अनुसार तीन मृतकको ‘अटप्सी’ परीक्षण गर्दा ती विदेशी भएको संकेत पाइएको छ । इस्तानबुलका गभर्नरले मारिनेमध्ये कम्तीमा १३ जना विदेश नागरिक अथवा द्वैध नागरिकताधारी भएको बताएका छन् । मृतक घोषितमध्ये २३ जना टर्किस छन् । विदेशीमध्ये ५ साउदी र २ इराकी छन् । चीन, जोर्डन, ट्युनिसिया, उज्वेकिस्तान, इरान र प्यालेस्टाइनका १–१ जना छन् । उक्त विमानस्थलमा सन् २०१५ मा मात्र ६ करोडभन्दा बढी यात्रुले पाइला हालेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...