यूरोपमा अर्को आक्रमण
टर्कीको इस्तानबुलस्थित अटाटुर्क विमानस्थलमा जुन २८ का दिन बन्दुकधारी र आत्मघातीहरूले भीषण आक्रमण गर्दा करिव ४१ जनाको भने झन्डै ३ सय भन्दा बढि घाइते भएका छन् । मृत्यु भएका मध्ये १३ जना विदेशी नागरिक भएको बताइन्छ । युरोपकै तेस्रो व्यस्त मानिने यो विमानस्थलमा ट्याक्सी चढेर आएका तीन जना आक्रमणकारीले टर्मिनल प्रवेशद्वारमा गोली बर्साउन थालेका थिए । प्रहरीले जवाफी फायर गर्न थालेपछि आतंककारीहरूले आत्मघाती विस्फोट गराएका थिए । टर्कीका प्रधानमन्त्री विनाली यिलडिरिमले आक्रमण इस्लामिक स्टेट (आइएस) बाट भएको हुन सक्ने अनुमान गरेका छन्, यद्धपि कसैले पनि यसको जिम्मेवारी लिएको छैन । उक्त घटनापछि टर्कीले जुन २९ लाई राष्ट्रिय शोक घोषणा गर्यो । अनुसन्धानकर्मीहरूले सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीहरूको बयान र यात्रीहरूले मोबाइलमा खिचेका भिडियोलाई परिक्षण गर्दै आक्रमणकारीहरूको पहिचान प्रयास थालेका छन् । टर्कीको डोगान समाचार एजेन्सीका अनुसार तीन मृतकको ‘अटप्सी’ परीक्षण गर्दा ती विदेशी भएको संकेत पाइएको छ । इस्तानबुलका गभर्नरले मारिनेमध्ये कम्तीमा १३ जना विदेश नागरिक अथवा द्वैध नागरिकताधारी भएको बताएका छन् । मृतक घोषितमध्ये २३ जना टर्किस छन् । विदेशीमध्ये ५ साउदी र २ इराकी छन् । चीन, जोर्डन, ट्युनिसिया, उज्वेकिस्तान, इरान र प्यालेस्टाइनका १–१ जना छन् । उक्त विमानस्थलमा सन् २०१५ मा मात्र ६ करोडभन्दा बढी यात्रुले पाइला हालेका थिए ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...