बेलायतलाई ईयू छाड्न दवाव

ईयूका संस्थापक सदस्य राष्ट्रहरूले ऐतिहासिक जनमतसंग्रहको परिणामपछि जतिसक्दो छिटो ईयू छाड्ने प्रक्रिया सुरु गर्न बेलायतलाई दबाब दिएका छन् । बेलायतको निर्णयबारे छलफल गर्न ६ संस्थापक सदस्यहरूबीच आयोजित आपत्तकालिन बैठकपछि यस्तो दवाव दिएका हुन् । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले भने आफ्ना उत्तराधिकारीले सम्झौताहरू गरून् भनेर अक्टोबारसम्ममा आफू बाहिरिने बताएका छन् । बर्लिनमा बैठकमा जर्मनी, फ्रान्स, इटाली, बेल्जियम, लक्जेमवर्ग र नेदरल्यान्ड सहभागी थिए । यी मुलुकहरू सन् १९५० ताका नै यो शक्तिमा समाहित भएका थिए र अहिले पनि ईयूको मुख्य देशका रूपमा रहेका छन् । बेलायती प्रतिनिधिबिनाको पहिलो ईयू शिखर बैठक जुन २९ का दिन बोलाइएको थियो । जनमतसंग्रहमा ईयू छोड्ने र नछोड्ने पक्षको क्रमश: ५२ र ४८ प्रतिशत मत आएको थियो । बेलायतले ईयूबाट बाहिरिन लिसबन सन्धिको धारा ५० सक्रिय बनाएर दुई वर्षभित्र विभिन्न सम्झौताहरू गर्नुपर्नेछ । यसैबीच, युरोपेली आयोगका अध्यक्ष जा क्लड योङकरले ईयूबाट बेलायतको बहिर्गमनको प्रक्रिया तीव्र रूपमा अघि बढाउन आफूले वार्ता सुरु गर्न चाहेको बताएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...