हिलारीले रचिन् इतिहास, अमेरिकी राष्ट्रपतिको उम्मेदवारमा औपचारिक मनोनयन

डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनले हिलारी क्लिन्टनलाई आफ्नो पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको चुनावका लागि उम्मेदवार घोषणा गरेको छ । अमेरिकी इतिहासमा मुख्य राजनीतिक दलका तर्फबाट राष्ट्रपति चुनावका लागि महिला उम्मेदवार घोषणा गरिएको यो नै पहिलोपल्ट हो ।
हिलारी क्लिन्टनले आफ्नो उम्मेदवारीका २३ सय ८२ जना डेलिगेट्सको समर्थन प्राप्त गरिसकेपछि उनलाई औपचारिक रुपमा उम्मेदवार भएको घोषणा गरिएको हो । प्राइमरी चुनावमा हिलारीका प्रतिस्पर्धीका रुपमा रहेका बर्नी स्याण्डर्सले सम्मेलनमा बोल्दै अमेरिकाको आगामी राष्ट्रपति हिलारी क्लिन्टन हुनुपर्ने बताएका छन् ।
त्यस्तै हिलारी क्लिन्टनका पति एवं अमेरिकामा पूर्व राष्ट्रपति बिल क्लिन्टनले हिलारीले आफ्नालाई २६ बर्ष दिएको र अब २६ बर्ष हिलारीलाई दिने चाहना रहेको बताएका छन् ।

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...