बिश्व आदिबासी दिबस मनाइदै 

-- The NTA / प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३
“आदिबासी जनजातिको अडान पहिचान सहित को संघिय संबिधान ” भन्ने नारा सहित  नेपाली आदिबासी जनजाति मंच अस्ट्रेलिया ( NINFA) ले २२ औ विश्व आदिवासी दिवस २०१६ बिबिध कार्यक्रम सहित मनाउदै छ ।
हाम्रो भाषा, धर्म, सस्कृति र मौलिकतालाई जोगाउने र ईतिहासले गरेका विभेदलाई पहिचान गरी समतामूलक समाज सृजना गर्ने दबाब दिन र एक्यबद्दता जनाउनको लागि सबैको उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक झल्कने संस्कृतिक प्रहसन र झांकि का साथै नेपाली मौलिक खानाहरु जस्तै नेवारी, थकाली, हिमालको तोङबा, थारुवानको परिकार, कोचिलाको स्वाद आदिको स्वाद लिदै हाम्रा बिभिन्न बिबिधता बीच परिचित हुन अवसर मिल्नेछ । कार्यक्रम आउने अगस्त १३ तारिख शनिबारका दिन साँझ ४.३० बाट 107 Crystal St. Petersham  पिटरशम टाउन हलमा हुदैछ ।
adibashi dibas manaaidai