अमर न्यौपाने आफना पाठकहरु सँग सिड्नीमा
-- The NTA ?>

अस्ट्रेलिया भ्रमणमा रहेका मदन पुरस्कार बिजेता चर्चित युवा साहित्यकार अमर न्यौपाने सिड्नीका दुइ भिन्न कार्यक्रमहरुमा आफ्ना प्रिय पाठकहरु सँग समय बिताए, आफ्ना कुरा राखे, आफ्ना पाठकका जिज्ञासा सुने । गत २३ जुलाई शनिबारको दिन नेपाली पत्र अस्ट्रेलिया र साताको साहित्यले आयोजना गरेको साक्षात्कार कार्यक्रम एबम सोही साँझ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रेलिया (अनेसास) ले आयोजना गरेको साहित्यिक रात्रि भोज कार्यक्रममा न्यौपाने सहभागी थिए ।
नेपाली पत्रका सम्पादक ऋषि आचार्यको स्वागत भाषण र कबि निस्प्रभ सजिको निभाएको सहजकर्ताको भूमिकामा चर्चित उपन्यासकार अमर न्यौपाने आफना प्रकाशित उपन्यास केहि कविता र पाठक जिज्ञासाको उतार दिएका थिए। अर्जुन मणि पौडेल ले संचालन गरेको उक्त कार्यक्रममा उपस्थितले पाठकहरुले उनका पुस्तकहरुमा हस्ताक्षर लिएका थिए।
त्यसै गरि साँझको कार्यक्रम अनेसासकी अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनएकी संरक्षक ईन्द्रा वन, समाजसेवी अग्रज डा नारायण प्रधान, अनेसास अष्ट्रेलियाका पूर्व अध्यक्ष महेन्द्र पौडेल, साहित्यकार सुर्यप्रकास जमरकटेल हिमालय रेडियोका प्रमुख प्रस्तोता टिका कार्कि, समाजसेवी युवराज भट्टराई, दिवाकर काफ्ले, साहित्यकार हरु निष्प्रभ सजी, सुरेन्द्र दवाडी, आलोक कोईराला, नेपाली पत्रका सम्पादक ऋषि आचार्य, गजलकार जितेन्द्र मल्ल लगायत, संस्थाका उपाध्यक्ष विकास उप्रेती, सचिव दिपक निरौला, कोषाध्यक्ष ममता तिवारी, सदस्य सिद्दि विनायक अधिकारी, ईन्द्र आचार्य र त्रिप्ति पाण्डेयको लगाएत् थुप्रै साहित्यकार तथा साहित्यप्रेमि महानुभावहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रममा उपस्थित अधिकांसले आ-आफ्नो रचना पनि सुनाएका थिए ।

सिड्नीको रकडेलमा आयोजना गरिएको कार्यक्रममा संस्थाकी अध्यक्ष सानु घिमिरे र पूर्वअध्यक्ष महेन्द्र पौडेलले न्यौपानेलाई खादा र सम्मानपत्रसहित अभिनन्दन गरेका थिए । कार्यक्रममा न्यौपानेले आफ्ना रचनाअंश र कविताहरु बाचन गर्दै अष्ट्रेलियामा समेत नेपाली साहित्यलाई माया गर्ने नेपालीहरु पाएकोमा खुशी ब्यक्त गरेका थिए । न्यौपानेले कार्यक्रममा आफ्नो चर्चित उपन्यास सेतो धर्तीका केही अंशहरु पढेर सुनाएका थिए । अनेसास अष्ट्रेलियाका महासचिव महेश्वर शर्माले संचालन गरेको उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष सानु घिमिरेले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेकी थिइन् ।
(तस्बिर निस्प्रभ सजि र सानु घिमिरेको फेसबुकबाट )