लर्ड्समा नेपालको शानदार प्रदर्शन
लन्डन— लर्डसमा एमसीसीसंग मैत्रीपूर्ण खेल खेलेर लन्डनबाट नेपाली क्रिकेट टोली जुलाई २२ का दिन स्वदेश फर्किएको छ । नेपाली टोलीले जुलाइृ १९ मा एमसीसीलाई ४१ रनले हराएको थियो । कप्तान पारस खड्काको नेतृत्वमा रहेको टोलीले लन्डनको लर्डस मैदानमा शानदार प्रदर्शन गर्दै सबैको मन जितेको थियो ।
विश्व क्रिकेटको घर मानिने बेलायतको लर्ड्स क्रिकेट मैदानमा जुलाइृ १९ का दिन नेपाली दर्शकको बाक्लो उपस्थिति देखिन्थ्यो । नेपाली राष्ट्रिय टोलीले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) संग ऐतिहासिक मैदानमा खेल खेल्ने भएपछि नेपाली समर्थकहरूको ठूलो संख्या खेल हेर्न भेला भएको थियो । उक्त खेलमा नेपालले ४१ रनको जित निकाल्न विलद भयो ।
उक्त खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । नेपालका स्पिनरहरूले उत्कृष्ट बलिङ गरेपछि २ सय १८ रनको लक्ष्य पछ्याएको एमसिसीले ४२.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७६ रनमात्र जोड्न सकेको थियो ।
नेपालले इङ्ल्यान्ड भ्रमणलाई अगष्ट १३ तथा १५ मा नेदरल्यान्डविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका रूपमा लिएको छ । नेपाल–बेलायतबीचको दौत्यसम्बन्ध स्थापनाको दुई सय वर्षगाँठमा उक्त खेल खेलिएको हो ।
एमसिसीको ८ विकेट नेपालका स्पिनरले लिएका थिए । वसन्त रेग्मी र सागर पुनले ३–३ विकेट लिँदा सन्दिप लामिछाने र शक्ति गौचन १–१ विकेट लिन सफल भए । सोमपाल कामीको नाममा २ विकेट रह्यो ।
एमसिसीका जिए एडैरले शतक प्रहार गरे पनि टोलीलाई जितको हकदार बनाउन सकेनन् । ओपनर एडैरले १ सय २३ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै १ सय रन बनाए । उनलाई वसन्त रेग्मीले राजु रिजालको हातबाट क्याचआउट गराए । अन्य ब्याट्सम्यानले नेपाली स्पिनरसामु खुलेर खेल्न सकेनन् । आइएम विल्किन्सलेले २० र एस क्लार्कले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । विल्किन्सनलाई सोमपाल कामीले बोल्ड गरे भने ओपनर क्लार्क शक्ति गौचनबाट बोल्ड हुन पुगे ।
त्यसअघि टस जितेको नेपालले तेस्रो ओभरमै ओपनर अनिल मण्डललाई २ रनमा गुमाएको थियो । ४ बल खेलेका अनिल केपी डुचको बलमा कट एन्ड बोल्ड भएका थिए । त्यसपछि ब्याटिङ आएका शरद भेषावकरले पनि लामो इनिङ खेल्न सकेनन् । १३औं ओभरको पाँचौं बलमा शरद एस क्लार्कको बलमा बोल्ड भए । ४० बल खेलेका शरदले ५ चौका प्रहार गरे । पछिल्लो समय टोलीमा शरद लयमा देखिएका छन् । फिनिसरका रूमा खेल्ने शरदले नामिबियाविरुद्धको खेलपछि टोलीको इनिङ सम्हाल्ने जिम्मेवारी पाएका छन् । त्यसमा उनी सफल हुँदै आएका छन् ।
२/५८ को स्थितिमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले नेपालको इनिङ सम्हाले । उनीहरूले तेस्रो विकेटका लागि ४६ रनको रनको साझेदारी गरेका थिए । २३औं ओभरको पहिलो बलमै ज्ञानेन्द्र केथ फिलिप डचको बलमा कट एन्ड बोल्ड भए । ६३ बल खेलेका उनले ५ चौकाको मद्धतमा ३९ रनको योगदान गरे । लगत्तै पारस पनि पवेलियन फर्किए । २८ बलमा २ चौका र १ छक्का प्रहार गरेका पारस ३० रन बनाउँदा एमएस रनगोल्डको बलमा एस क्लार्कबाट समातिए । राजु रिजाल २४ रनमा आउट भए । ३५ बल खेलेका उनले २ चौका प्रहार गरे। विनोद भण्डारी ९ रनमा आउट हुादा सोमपाल (२०) रनआउट भएका थिए । वसन्तले अविजित २४ रन बनाए । इङ्ल्यान्ड भ्रमणमा नेपाल यसअघि चार अभ्यास खेल खेलेको थियो । ती सबै खेलमा नेपाली टोली विजयी भएको थियो ।
यसैबीच, नेपालबाट लर्ड्समा एमसीसीसंग मैत्रीपूर्ण खेल खेल्न लन्डन आएको नेपाली क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरेपछि लन्डनमै सम्मानित हुने अवसर पाएको छ । गन जुलाई २१ मा नेपाली टिमले सम्मानसहितको विदाइ पाएको थियो । नेपाल उड्नुअघि एनआरएनए युरोपका संयोजक कुल आचार्य तथा नेपाली व्यवसायी रवि लामिछानेले दिवाभोजसहित खेलाडीको विदाइ गरेका हुन् ।
नेपालले एमसीसीसंग भएको म्याच ४१ रनले जितेर नेपाल र नेपालीकै गौरव बढाएको थियो । त्यसैका लागि खेलाडीलाई प्रशंसा र बधाइ दिइएको हो । सहभागीले नेपालको राजनीतिक अस्थिरताले मन खिन्न हुनु परेपनि खेलाडीले नेपाली हुनुमा गौरव र सान बढाएको धारणा राखेका थिए ।
सम्मान समारोहमा कप्तान पारस खड्काले बेलायतस्थित नेपाली समुदायले खेल अवधिभर ठूलो हौसला प्रदान गरेकामा आभार व्यक्त गरे । उनले लर्डसमा खेल्ने आफूहरूको सपना पुरा भएको बताउँदै त्यसले आगामी दिनमा अझ आत्मविश्वास बढाएको उल्लेख गरे ।
एनआरएनए युरोप संयोजक आचार्यले नेपालको क्रिकेट विकासका लागि एनआरएनबाट हुने आर्थिक तथा नैतिक सहयोग निरन्तर रहने धारणा राखे । व्यवसायी लामिछानेले प्रस्ताव आए खेलाडीका लागि आर्थिक सहयोग गर्न आफू सदा तत्पर रहेको बताए ।
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...