रक्षा बन्धन कार्यक्रममा हार्दिक निमन्त्रणा 

-- The NTA / प्रकाशित मिति : बुधबार, भदौ १, २०७३

FB_IMG_1471348294284भोलि १८ अगस्ट बिहिबारको दिन परेको यस बर्षको जनै पुर्णिमाको अवसरमा नेप्लिज हिन्दु सोसाइटि अफ अस्ट्रेलियाको आयोजनामा सामुहिक ऋषि तर्पणी रक्षा बन्धन कार्यक्रम हुदैछ।  बिहान ८ बजे बाट मध्यान्ह १२ बजे सम्म ग्रयानभिलमा हुने उक्त रक्षा बन्धन, जनै र प्रसाद ग्रहण कार्यक्रममा उपस्थित हुन नेप्लिज हिन्दु सोसाइटि अफ अस्ट्रेलियाले आस्थावान सबै  धर्मालम्बीहरु र भक्तजनहरुलाई  हार्दिक निमन्त्रणा गरेको छ ।

कार्यक्रम ग्रयानभिल ट्रेन स्टेसन संगै रहेको ‘ग्रयानभिल मेमोरियल पार्क’ मा हुदै छ।  थप जानकारीका लागि सोसाइटिका पण्डित प्रकाश ढोंडारिलाई 0411 838 449 मा सम्पर्क गर्न सकिनेछ ।