मिष्टर एण्ड मिस ओसिनियाको उपाधि प्रमेज र रुषालाई
यस बर्ष आयोजना गरिएको मिस्टर एण्ड मिस नेपाल ओसिनिया प्रमेज श्रेष्ठ र रुषा राखि बराल बनेका छन् । युनाईटेड नेप्लिज आर्टस एण्ड इन्टरटेनमेन्टले गरेको यस प्रतियोगिताको जीत सगै उनीहरुले नगद र अन्य विभिन्न पुरस्कारहरु समेत हात पारेका छन् ।
करिब २ दर्जन सहभागी रहेको प्रतियोगितामा मिस्टर ओसिनिया श्रेष्ठले मिस्टर युएनएई र मिस्टर साईबरको उपाधि पनि हात पारेका थिए भने मिस ओसिनिया बरालले मिस नेपाल ओसिनियाका साथै मिस साइबरको उपाधि हात पारेक थिईन् । प्रतियोगिताको फस्ट रनरअप मन्जिल निरौला र रोश्ना पोखरेल, सेकेण्ड रनरअप सञ्जय पराजुली र क्रचा थापाले जितेको आयोजक संस्थाले जानकारी दियो ।
प्रत्येक बर्ष युवाहरुका लागि केही न केही कार्यक्रमहरुको आयोजना गर्दै आएको संस्थाले यसबर्षदेखि ओसिनिया क्षेत्रमा पर्ने न्युजिलयाण्ड, पपुवा न्युगिनी र फिजी लगायतका देशमा रहेका नेपाली युवाहरुलाई समेत समेटेर मिस्टर एण्ड मिस नेपाल ओसिनियाको आयोजना गरेको जानकारी दिएको छ । तर यसबर्ष न्युजिल्याण्डबाट सहभागीले एक पुरस्कार मात्र जीतेकी थिईन् ।
आयोजक संस्थाका निर्देशक धर्म अधिकारीले दिएको जानकारी अनुसार प्रतियोगितामा मिस युएनएई पे्रक्षा अधिकारी, मिस्टर ट्यालेण्ट आशिस भुर्तेल, मिस ट्यालेण्ट अनुजा शर्मा, मिस्टर फोटोजेनिक अशिम श्रेष्ठ, मिस फोटोजेनिक रोश्ना पोखरेल, मिस्टर क्याटवाक उपेन्द्र अर्याल, मिस क्याटवाक समी श्रेष्ठले जितेका थिए । प्रतियोगिताको बेष्ट कस्टयुमको उपाधि सञ्जय पराजुली र रीजु खडकाले हात पारेका थिए ।
कार्यक्रममा अष्ट्रेलियाका ४ जना र नेपाली ३ जनालाई निर्णायकको जिम्मेवारी दिइएको थियो । निर्णायकका रुपमा भिक्टोरिया बोलोनिया, जुलियाना निकोलिस, साभ परेरा, सोनी टरनर, टोनु घोताने, गोपाल कक्षपती र नायक आर्यन सिग्देल थिए । कार्यक्रमको टाइटल स्पोन्सर इनोभेटिभ एसोसिएट्स गरेको थियो ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...