सिड्नीमा दशैं क्रुज पार्टी हुदै 

-- The NTA / प्रकाशित मिति : बिहिबार, भदौ १६, २०७३
Dashian cruse hudaiनेपालीहरुमा प्रिय र हिन्दुहरुकोको महान चाड  दशैँको उपलक्ष्यमा रिज इन्टरटेन्मेण्टले सिड्नीको डार्लिङ हार्बरमा क्रुज पार्टीको आयोजना गर्ने भएको छ । एबिसी एजुकेसन एंड माइग्रेसनको प्रस्तुतिमा रहेको यस  “दशैं क्रुज पार्टी २०७३” सिड्नीको सामुन्द्रिक तट वरपर करिब५  घण्टा सम्म चल्ने आयोजक मध्येका शरद पण्डितले बताए ।
बेला भिस्टा नामक सुबिधा सम्पन्न क्रुजमा हुने यस कार्यक्रममा करिब ७०० जना सहभागीता हुने अर्का आयोजक विजय शर्माले बताए, उनका अनुसार चाडबाडको नियास्रो मेटाउने यो जमघट सबैको लागि उल्लासमय हुनेछ । आयोजकले यस क्रुज पार्टीलाई नितान्त दशैँ कै झल्को दिने गरि खान-पिन, गित-संगीतको व्यवस्था गरेको छ भने लाक्की ड्र मा समेत खसी उपाहार राखेको आयोजक महेश भट्टराईले बताए ।
सो क्रुज पार्टीमा स्थानिय ब्यान्ड रेड स्टुडियो, नेप्जसिड्ज र अबुन पाण्डेको सांगेतिक प्रस्तुति रहनेछ भने डि जे सुशीलले दर्सकहरुलाई नचाउने पनि आयोजक सदस्य रोमन पाण्डेले जानकारी दिए । कर्यक्रमको टिकट मुल्य डिनर सहित ६५ डलर राखिएको छ भने ५ बर्ष देखि १२ बर्ष सम्मका बाबुनानीहरुका लागि ३० डलर मात्र रहेको छ । १८ सेप्टेम्बर आइतबार सांझ ५ बजे देखि १० बजे सम्म चल्ने उक्त क्रुज पार्टी सम्बन्धि थप जानकारीका लागि सरद पन्डित-0422 658 852, रोमिन पिया-0450 115 306, महेस भट्टराई-0424 050 128, बिजय शर्मा-0426 245 530 लाई सम्पर्क  गर्न आयोजकले  अनुरोध गरेको छ  ।