एनआरएनए स्पोर्ट्स अन्तर्गतको सकर प्रतियोगिता हाललाई स्थगित  

-- The NTA / प्रकाशित मिति : शुक्रबार, भदौ १७, २०७३
14182481_10209802962164602_659637146_nएनआरएनए स्पोर्ट्स डे २०१६ को चौथो एबम अन्तिम प्रतियोगिता स्वरूप पुर्ब निर्धारित सकर प्रतियोगिता हुदै हाललाई स्थगित भएको छ । एबिके लयर्स टाइटल स्पोन्सर रहेको खेल शृंखलाका ३ खेलहरु सम्पन्न भए पश्चात सेप्टेम्बर ३ शनिबारको दिन सकर प्रतियोगिता तय भएको थियो ।
खराब मौसमका कारण यो प्रतियोगिता सम्पूर्ण तयारी पश्चात पनि अन्तिम समयमा आएर स्थगित गर्नु परेको एनआरएनए अस्ट्रेलियाका प्रबक्ता डा. ज्ञानेन्द्र रेग्मीले जनाउनु भएको छ, रेग्मीले यसबाट पर्न गएको असुविधा प्रति दुख व्यक्त गर्दै नयाँ समय तालिका चाडै नै सार्बजनिक गरिने बताउनु भएको छ । एक दिवसिय यस सकर (फुटबल) प्रतियोगितामा खुल्ला तर्फ २४ टिमर ३५+ उमेर समुहमा ५ टिमहरु ले सहभागीताको लागि रजिस्टर गरिसकेका छन् ।