गोल्डकोष्टमा धमाका दसैं क्रूज पार्टीको
विदेशको चमक धमक र नक्कल झक्कलमा हराउँदै गएको नेपालीपन र नेपाली संस्कृतिलाई जीवित राख्ने उद्देश्यले अष्ट्रेलियाको एउटा शहर गोल्डकोष्टमा नेपाली महान पर्व मनाइंदै छ। बैदेशिक आधुनिकतालाई साथ साथै आत्मसात गर्ने अठोट गरेर सम्पूर्ण नेपालीको महान चाड बडा दसैंलार्इ अझ बढी मनोरन्जनात्मक रूपले मनाउनको लागि यहाँको स्थानीय एउटा कार्यक्रम व्यवस्थापन कम्पनी कम्मर कसेर लागिपरेको छ|
ग्लिट्टर सिटीको नामले प्रख्यात क्इन्सल्याण्डको सुनौलो शहर गोल्डकोष्टमा यहि आउँदो सेप्टेम्बेर २९ तारिखका दिन दसैं बिशेष कार्यक्रम आयोजना हुन लागिरहेको छ| स्थानीय तहमा केहि बिद्यार्थीहरुको पहलमा भर्खरै स्थापना भएको केटिएम रोयल्सले गोल्ड कोष्टको इतिहासमै पहिलो पटक नेपाली समुदाय माझ क्रूज पार्टीको धमाका ल्याएको छ| तीन घण्टाको उक्त पार्टीमा स्थानीय रूपमा धेरै नै रुचाइएको पपुलर कन्भिक्टेड ब्याण्डको लाईभ शो, प्रख्यात व्यावाशायिक नेपाली डिजेको प्रस्तुतिको साथमा दसैं बिशेष खाना पनि हुने सूचना आयोजकबाट प्राप्त भएको छ|
मनोरंजन नै मनोरंजनले भरपूर हुने दाबि गरिएको यो कार्यक्रमको लागि पानीजहाज मारिना मिराज बाट ठ्याक्कै ५:३० मा हिड्ने जनाइएको छ| बिद्यार्थी, जागिरे, ब्यावसायी, परिवार र सबै तहका उमेर समुहको लागि सो कार्यक्रम उत्तिनै मनोरन्जनात्मक हुने भनिएको छ| उसै पनि यस्तो प्रकारको इभेन्ट नै नेपाली माझ नेपाली आयोजनामा पहिलो पटक हुन लागिरहेको हुँदा गोल्डकोष्ट र ब्रिसबेनबासि धेरै उत्साहित देखिएका छन् | गोल्डकोष्ट बाट नजिकै रहेको ब्रिसबेनबाट पनि सो पार्टीमा उल्लेखित मात्रामा सहभागी हुने सम्भावना प्रबल रहेको आयोजक बताउछन् | कार्यक्रममा विभिन्न ब्यापारिक संघ संस्थाहरुले प्रायोजन गर्नुका साथै अन्य धेरैबाट पनि जिज्ञाशा प्राप्त भैरहेको आयोजक केटिएम रोयल्सक़ा अध्यक्ष बिनम बरुवाल बताउँछन् |
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...