फुटबलमा २३ वर्षपछि नेपाललाई उपाधि

नेपालको सिनियर राष्ट्रिय टोलीले २३ वर्षपछि फुटबलमा पहिलो उपाधि जितेको छ । बंगलादेशको राजधानी ढाकामा २२ जनवरीका दिन सम्पन्न खेलमा बहराईनको २३ वर्ष मुनिको टोलीलाई ३–० ले हराउँदै नेपालले बंगबन्धु गोल्डकप जितेर २३ वर्षपछि पहिलो उपाधि उचालेको हो ।
नेपाललाई उपाधि जिताउन बिमल घर्ती मगर, विशाल राई र नवयुग श्रेष्ठले गोल गरेका थिए । बिमलले खेल प्रारम्भ भएको चौथो मिनेटमा नै गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए । यस्तै ८७ औं मिनेटमा राईले र इन्जुरी समयमा श्रेष्ठले गोल गर्न सफल भए । नेपालका स्ट्राइकर नवयुग श्रेष्ठ बंगलादेशमा सम्पन्न बङ्गवन्धु गोल्डकप फुटबलका उत्कृष्ट खेलाडी समेत घोषित भए ।
नेपाललाई २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि दिलाउने क्रममा नवयुगको प्रदर्शन उत्कृष्ट रह्यो । उनी प्रतियोगिताको ‘मोस्ट भ्यालुएवल प्लेयर’ समेत घोषित भए । यसका साथै उनी टप स्कोरर समेत बनेका छन् । सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका नवयुगले फाइनलमा समेत एक गोल गरेका थिए । प्रतियागितामा उनले कुल चार गोल गरेका थिए ।
नेपालका विमल घर्ती मगर म्यान अफ दि फाइनल घोषित भए । फाइनलमा बहराइनविरुद्ध पहिलो गोल उनले नै गरेका हुन् । यो प्रतियोगितामा उनले जम्मा दुई गोल गरे । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालले जितेको ऐतिहासिक उपाधिका लागि बधाई दिएकी थिइन् । हसिनाले हिमालयको देश नेपालले उपाधि जितेकोमा आफू खुसी भएको प्रतिक्रिया दिएकी थिइन् ।
यसअघि नेपालले सन् १९९३ मा भएको दक्षिण एशियाली खेलकुद सागको फुटबलमा स्वर्ण पदक जितेको थियो । त्यतिबेला ढाकामै भारतलाई टाइब्रेकरमा हराएर उपाधि जितेको नेपालले २३ वर्षपछि ढाकामा नै बहराईनलाई हराएर उपाधि जितेको हो । सन् १९९३ पछि नेपालको सिनियर राष्ट्रिय टोलीले कुनै उपाधि जितेको थिएन ।
आयोजक बंगलादेशको फुटबल संघले बंगबन्धु गोल्डकपको उपाधि जित्ने टिम नेपाललाई ५० हजार अमेरिकी डलर अर्थात ५४ लाख २० हजार रुपैयाा पुरस्कार पनि प्रदान गरेको छ । उपविजेता टिमले भने २५ हजार अमेरिकी डलर अर्थात २७ लाख १० हजार रुपैयाँ मात्र पायो । त्यस्तै बंगबन्धु गोल्डकपको नक्कल ट्रफी पनि विजेताले पाएको छ । २२ क्यारेट सुनबाट बनेको ट्रफी भने आयोजकले नै राखेको छ । यसअघिका प्रतियोगितामा आयोजकले विजेतालाई असली ट्रफी दिन गरेपनि नगद पुरस्कार दिँदैन थियो तर आयोजकले प्रतियोगितामा लागेको खर्च भने टिमलाई दिने गरेको थियो ।
सन् १९९६–९७ मा पहिलो पल्ट आयोजना भएको यो प्रतियोगिताको यसपटक चौथो संस्करण भएको हो । प्रारम्भका २ संस्करणपछि रोकिएको प्रतियोगिता आयोजकले गत वर्षदेखि हरेक वर्ष आयोजना गर्ने भन्दै पुन: प्रारम्भ गरेको हो ।
बंगबन्धु गोल्डकप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई अखिल नेपाल फुटवल संघ (एन्फा) नगद पाँच—पाँच लाख दिने घोषणा गरेको छ । उपाधि जितेसंगै नेपाली खेलाडीले जनही २ लाख रुपैयाँ पुरस्कार पनि पाएका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले उपाधि जित्ने खेलाडीलाई जनही २ लाख दिने घोषणा यसअघि नै गरिसक्नु भएको थियो । त्यस्तै सरकारका तर्फबाट र अखिल नेपाल फुटबल संघले पनि खेलाडीलाई
नगद पुरस्कार दिने तयारी गरेका छन् तर पुरस्कार रकम भने घोषणा
भएको छैन ।

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...