नेपालको सडक सुरक्षा दिर्घकालिन योजना सम्बन्धी छलफल ब्रिसबेनमा सम्पन्न
नेपाल सडक सुरक्षा ब्यबस्थापनमा सुधार ल्याउन बिज्ञहरुले एक बिशेष दिर्घकालिन प्रस्ताबलाई अन्तिम रुप दिने तयारी गरेका छन । गएको हप्ता अक्टोवर १ मा ब्रिसबेनमा एक छलफल कार्यक्रम आयोजना गरियो । गएको २ बर्ष देखी छलफलमा रहेको A Comprehensive Approach for Road Safety Management नामको प्रस्ताबले दिर्घकालिन रुपमा नेपालका सडकहरुमा हुने जनधनको क्षति कम गर्न र ब्यबस्थित सडक सुरक्षा प्रणाली लागु गर्न नेपाल सरकारलाई सजिलो हुने बिज्ञहरुको दाबी रहेको छ । अष्ट्रेलियाको कुइन्स्ल्यान्ड सरकारको सडक विभागका प्रिन्सिपल ईञ्जिनेर एबम Nepal Road Safety Management System (NRSMS ) प्रोजेक्टका संयोजक डाक्टर पार्थ पराजुलीले आफुहरुले बिगत दुई बर्षा यता अध्ययन गरेर तयार पारेको प्रस्तावले आगामी २ दशक भन्दा पछी सम्मलाई दुरगामी असर पार्ने र प्रस्तावित Road Safety Council का माध्यमबाट प्रभाबकारी काम गर्न सकिने उल्लेख गर्नु भयो । ब्रिसबेनमा रहेर लामो समय काम गरेका प्राबिधिक बैज्ञानीक एबम कम्युनिटी लिडरहरुको यो कार्यक्रममा सहभागिता रहेको थियो । आप्रबासी नेपालीको प्राबिधिक तथा ठुला दातृ निकायको अर्थिक सहयोगमा NRSMS लाई मुर्त रुप दिन प्रयास भैरहेको डाक्टर पराजुलिले बताउनु भयो ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...