केर्न्समा दिपावली धुमधामका साथ मनाइँदै
कुईन्सल्यान्डको उत्तरी शहर केर्न्स स्थित संस्था स्प्रीचुअल लर्निङ सेन्टर (SLCA) ले आउँदै गरेको पर्ब तिहार(Deepawali) का अबसरमा यही अक्टोबर २२ तारिख शनिबार भब्य कार्यक्रम गर्ने भएको छ । स्थानिय Trinity Bay High School Cairns परिसरमा दिउसो एक बजे बाट शुरु हुने दिपावली महोत्सबले नेपाली बिच एकता र सुख दु:ख बाड्ने अबसर प्रदान गर्ने आयोजक संस्था SLCA ले जनाएको छ । नेपाली परम्परागत नाचगान, नाटक , म्याजिक शो, लाइभ म्युजिक कन्सर्टको प्रस्तुती रहेको दिपावली कार्यक्रममा राफल टिकेट तथा नेपाली परिकारहरुको समेत बिक्री बितरण गरिने जनाईएको छ । उज्यालो र झिलिमिली पर्बको धार्मिक तथा सांस्कृतिक पक्षलाई जोड दिएर मनाईन लागेको SLCA Dipawali महोत्सबमा अन्धकारका बिरुद्द उज्यालोको जित , असत्यकाका बिरुद्द सत्यको जित, अज्ञानताका बिरुद्द ज्ञानको जित निरासाका बिरुद्द आशाको जितको महिमा गाईने तिहार पर्बको बिबिधता झल्कने प्रस्तुती गरिने भएको आयोजकले बताएका छन । गएको मे महिनामा स्थापित संस्था SLCA ले केर्न्समा रहेर स्थानिय नेपाली भुटानी एबम नेपाली समुदायलाई एक जुट गराएर नेपाली भाषा संस्कृतीको प्रबर्दनका साथै बिभिन्न बिधामा आगामी दिनमा प्रबचन, अनुष्ठान,मेला आयोजना गर्दै जाने र भबिश्यमा विश्वस्तरको धार्मिक केन्द्र निर्माणको लागि रकम सँकलन गर्न नेपालका चर्चित बाचन शिरोमणी पण्डित दिनबन्धु पोख्रेलको साथ र सल्लाहमा बिभिन्न कामहरु शुरु गरिन लागेको जनाएको छ । नेपाली भाषा कक्षा, धार्मिक प्रबचन, समुदायिक बिकास, भजन पुराण एबम अनुष्ठानहरुको आयोजना गरी नेपाली एबम नेपाली भुटानी समाजलाई एक आपसमा जोड्ने काम गर्न लागेको यो संस्थाले यो पटक तिहार बिशेष रुपमा मनाउन सबै नेपालीमा आग्रह गरेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...