दसैं आयो
हिन्दू धर्मालम्वीहरूको महान चाड दसैं यसपटक आश्विन १९ गते अर्थात अक्टोवर ५ तारिखका दिन घटस्थापनाबाट सुरु हुँदैछ । आश्विन शुक्ल पक्ष प्रतिपदा देखि सुरु हुने यो वडा दसैं अश्विन शुक्लपक्ष पूर्णिमासम्म १५ दिन विभिन्न नामले बडो धुमधामका साथ मनाइन्छ । हुनत दसैंका सबै दिनहरू उत्तिकै महत्वपूर्ण छन् तापनि घटस्थापना, सप्तमी, अष्टमी, नवमी, दशमी र पूर्णिमा बडो हर्सोल्लाका साथ मनाइँदै आइएको छ । महिसासुर भन्ने दानवले देवलोकमा डर त्रास पैदागरी देवलोकलाई नष्ट गर्ने दूष्प्रयास गरेको र सबै देवताहरूको प्राथनाबाट दूर्गाभवानी प्रकट भई सो महिसासुर सँग नौ दिनसम्म लडाइँ गरी दसौं दिनमा विजय प्राप्त गरेको ले दसौं दिनलाई विजया दशमी रुपमा मनाइन्छ । दूर्गा भवानीको विभिन्न रुपले दसैंका दिनहरूलाई प्रतिनिधित्व गर्दछ । दसैंले अन्याय माथिको विजय, न्याय र सत्यको जीतको जनाउँदछ । दसैंलाई रामायणको सन्दर्भमा रामले रावणमाथि विजय प्राप्त गरेको अवसरलाई पनि जोडिएको छ भने बुद्ध धर्मालम्वीहरूले भारतवंशका राजा अशोकाले लडाइँ झगडाको बाटो छोडी शान्तिमार्गमा आएको सन्दर्भ पनि उत्तिकै महत्वपूर्ण छ ।
दसैं आम नेपालीहरूको सबैभन्दा ठूलो पर्व हो । देश विदेशमा भएका आफन्त, साथीभाइहरू जम्मा भई बडो आत्मीय रुपले टिका, जमरा लगाउने परिवारहरूमा अर्शिवाद प्रसाद ग्रहण गरी यो पर्व मनाउँदा धार्मिक रुपमा मात्रै दसैं महत्वपूर्ण नभई पारिवारिक भेटघाट, माया ममता, आत्मियता बढाउने, सुखशान्तिको लागि शुभकामना आदानप्रदान गर्ने, रिस राग द्धेष छोडि नयाँ ढङ्गले जिउने अवसरको रुपमा पनि महत्वपूर्ण छ । घर आँगन लिपपोट गरी टलक्क टल्काउने, रंग रोगन गर्ने, नयाँ लुगा किन्ने मीठो खानेकुराहरू खाने, चङ्गा उडाउने, पिङ्ग खेल्ने, तास खेल्ने आदि दसैंका महत्वपूर्ण कार्यहरू हुन् । नुवाइधुवाइ गरी चोखो शरीर, मनले दूर्गा भवानीको पूजा अर्चना गर्नाले देवीको संधै अर्शिवाद प्राप्त हुने र आफ्नो कार्यक्षेत्रमा संधै सफल भइने विश्वास रही आएको छ ।
यसरी दसैं महत्वपूर्ण रुपमा मनाइँदै आएपनि पशुवली दिएर देवीलाई खुसी गराउने प्रचलन र दसैंलाई तडकभडक रुपमा आफ्नो आर्थिक सामाजिक पहुँच प्रदर्शन गर्ने अवसरको रुपमा कसैले मनाउँदा यसमाथि धेरै सर्वसाधरण र प्रमुख वर्गबाट आलोचना हुने गरेको छ । अरुको देखासिकी गरी आँफूसँग नहुँदापनि दसैंमा ठूलो खर्च गरी मनाउनु पर्ने भन्ने आधुनिक सोचाइले धेरैलाई घरवार विहिन बनाएको छ । भने चोरी, डकौति, लुटपाट समेत बढ्ने गरेको छ । त्यसैले दसैंलाई आँफैमाथिको विजयको रुपमा, नराम्रा बानि व्यवहार प्रचलन माथिको विजयको रुपमा मनाउनु जरुरी छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



