तालिमकेन्द्रमा आत्मघाती आक्रमण
पाकिस्तानको क्वेटा सहरस्थित एउटा प्रहरी तालिम प्रतिष्ठानमा उग्रवादीहरूले गरेको आक्रमणमा कम्तीमा ५९ जना प्रशिक्षार्थी र सुरक्षागार्ड मारिएका छन् । तालिम केन्द्र प्रवेश गरी हमलाकारीले आक्रमण गरेपछि भएको दोहोरो भिडन्त ४ घण्टाभन्दा बढी चलेको थियो । आक्रमणमा सय जनाभन्दा बढी घाइते भएका छन् । अधिकारीहरूले लस्कर ए जाङ्भी नामक उग्रवादी समूहले आक्रमण गराएको बताएका छन् तर तथाकथित इस्लामिक स्टेट (आईएस) ले समेत आफूले लडाकुहरूबाट उक्त घटना गराइएको दावी गरेको छ । आत्मघाती विस्फोटक भेस्ट लगाएका तीन हमलाकारी तालिम केन्द्रभित्र प्रवेश गरी आक्रमण प्रारम्भ गरेको अधिकारीहरूले बताएका छन् । पाकिस्तानी सैनिक तथा अर्धसैनिक दस्ताको जवाफी कारवाहीका क्रममा केन्द्रबाट सयौं तालिमेहरूलाई बाहिर निकालेर उद्दार गरिएको थियो ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...