अष्ट्रेलिया नेपालि चलचित्रको ठुलो बजार, बन्यो अर्को चलचित्र “ह्याप्पि न्यु इयर”

पछिल्लो समय अष्ट्रेलिया नेपाली चलचित्रको ठुलो सम्भाबना बोकेको बजारको रुपमा स्थापित हुँदै गएको छ । यहाँ अहिले चलचित्र चलाउने मात्र होइन चलचित्रमा अभिनय गर्ने, लगानी गर्ने र चलचित्र निर्माण गर्ने नेपालिहरुको संख्या बृद्दि हुंदै गइरहेको छ ।
केहि बर्ष अघी अष्ट्रेलिया मै ऋतु चलचित्र बनाएका निर्देशक तथा निर्माता मनोज अधिकारिले लाईन प्रोड्युसरको रुपमा काम गरेको चलचित्र “ह्याप्पी न्यु इयर” को सम्पुर्ण छायांकन अष्ट्रेलियामा सम्पन्न भएको छ । सुटिंग युनिटले गत हप्ता एक पत्रकार सम्मेलन गरेर सम्पुर्ण छायांकन सकिएको जानकारि दिंदै चलचित्रको पोष्टर समेत सार्बजनिक गरेको छ ।
कुशल थापा, सन्ध्या केसि, पुकार गौतम , सुरभि मानन्धर, करण क्रेजी लगायत अष्ट्रेलियामा रहेका नेपालिहरु पदम शाक्य, युबराज भट्टराइ, खिलेन्द्र तिमिसिना, बिनोद पौडेल, घनश्याम चापागांइ ,आशिका सेढाइ, रोयल मास्के, ईश्वर थापा लगायतको अभिनय रहेको यो फिल्म रोमान्टिक ड्रामा थिममा बनेको छ । कुशल थापाको कथा रहेको यो चलचित्रमा पटकथा,संवाद र निर्देशन ३ दशकदेखि नेपालि चलचित्र उधोगमा कार्यरत देबकुमार श्रेष्ठको रहेको छ भने राति थापाको निर्माण रहेको छ । यस चलचित्रलाई बेन्जामिन ड्रेले खिचेका हुन । चलचित्रका पुरै दृश्य अष्ट्रेलियामा छायांकन गरिएको र अष्ट्रेलियामा रहेका नेपालिहरुको कथा पनि केहि हदसम्म समेटिएको निर्माण पक्षले दाबि गरेको छ ।
नयाँ बर्षमा घटेको एउटा घटनालाई आधार बनाएर निर्माण गरिएको यस चलचित्रलाई नयाँ बर्षकै अवसर पारेर रिलिज गरिने अष्ट्रेलियाका लाइन प्रोड्युसर तथा अल्प इन्टरटेन्टमेन्टका मनोज अधिकारिले नेपालि टाईम्ससंगको कुराकानिमा बताउनु भयो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...