स्वरुपको गीतमा प्रज्वलको अभिनय

काठमाडौं- गायक स्वरुपराज आचार्यको स्वरको रोमान्टिक मेलाडियस गीत ‘रुपकी रानी…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक आचार्य तथा गीतकार उत्तम भौकाजीको एल्बम ‘मनमोहिनी’ मा समावेश गरिएको यो गीतको भिडियोको छायांकन अमेरिकामा गरिएको छ ।
भिडियोमा प्रज्वल गजुरेल तथा दिव्याले अभिनय गरेका छन् । यो गीतमा उत्तम भौकाजीको शब्द तथा स्वरुपराज आचार्यकै संगीत निर्देशन छ । गोपाल रसाइली यो गीतका संगीत संयोजक हुन् । टेलिभिजनकर्मी नवराज आचार्य यो भिडियोका निर्देशक हुन् हुन् शम्भु मोक्तान यो भिडियोका छायांकार हुन् । सुवास अर्यालले यो भिडियो सम्पादन गरेका छन् ।
अमेरिकाका आकर्षक लोकेशनहरु कैद गरिएको यही भिडियोबाट प्रज्वलले अभिनयमा डेब्यू गरेका हुन् । करिव सात वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका २६ वर्षीय प्रज्वल गजुरेल यही भिडियोमार्फत अभिनयमा सक्रिय हुने संकेत गरेका छन् । युवा इन्टरप्रेनरको रुपमा स्थापित प्रज्वल अमेरिकामा आफ्नै व्यवसायमा सक्रिय छन् । व्यवसायबाहेक उनी कलाकारिता क्षेत्रमा समेत करियर बनाउन इच्छुक छन् । त्यही क्रममा प्रज्वलले आफ्नो जीवनकै पहिलो म्युजिक भिडियोका लागि गायक स्वरुपराज आचार्यको गीतलाई छनोट गरेका हुन् । पहिलो भिडियोको अभिनयबाटै प्रसंसा पाएका प्रज्वल भविष्यमा यही क्षेत्रमा सक्रिय हुन उत्साहित भएका छन् । भिडियोमा स्थापित भएपछि नेपाली चलचित्रमा आउने प्रज्वलका चाहाना छ । प्रज्वल नेपाली अभिनेता दयाहाङ राई तथा अभिनेत्री प्रियंका कार्कीको अभिनयबाट प्रभावित छन् ।
यस्तो छ भिडियो
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...