सत्कार अधिकारीको स्थिति स्टेबल आफन्तको खोजि जारि

-- / प्रकाशित मिति : सोमवार, पुस १८, २०७३

सोमबार, २ जनवरी सिड्नी स्थित नाइट क्लबमा भएको झडपमा घाइते हुन पुगेका नेपाली यूवा सत्कार अधिकारीको स्थिति सामान्य (स्टेबल)  रहेको तर प्रहरीले आफन्तको खोजि गरि रहेको सिड्नी सिटी डिटेक्टिव कन्स्टेबल निकोल अस्टिनले जानकारी दिएकी छन् । बिहान करिब ३ बजेतिर नाइट क्लब प्रवेश गर्ने क्रममा भएको झगडामा हात हालाहालको स्थिति उत्पन्न भएको थियो । बारको द्वारमा रहेका  सुरक्षा गार्डले  उनिलाइ प्रवेश गर्न रोक लगाएपछि केहि भनाभन भएको र उक्त सुरक्षा  गार्डले अर्का व्यक्ति (जसको कारण सत्कार घाइते हुन पुगे ) को सहायोग मागेको र उनै  व्यक्तिसंग सत्कारको  थप झगडा हुन पुगेको जानकारीमा आएको छ । झगडाको क्रममा तिनै व्यक्ति जो संग सुरक्षा गार्डले सहयोग मागेका थिए,  ले प्रहार गरेको मुक्कीले सत्कार बरण्डाबाट तल खसी घाइते  भएको प्रहरीले जानकारी दिएको छ । सत्कारसंग अर्का नेपाली पनि थिए तर उनीहरु एक अर्कासंग परिचित नभएको कुरा कन्स्टेबल निकोल अस्टिनले जानकारी नेपाली टाइम्स ऑस्ट्रेलियालाइ दिईन ।

बारमा प्रवेश गर्ने बेलामा देखाएको परिचय पत्रबाट पनि उनको ठेगाना पत्ता लगाउनु पर्ने होइन र ? भने सोधिएको प्रश्नमा परचिय पत्रमा उल्लेख भएको ठेगानामा हाल उनि नरहेको र अरु पनि सम्भावित ठेगाना हरुमा सम्पर्क गर्न कोशिश गरिएको तर प्रहरी सफल नभएको कुरा जानकारीमा आएको छ ।

घाइते अधिकारी हाल सिड्नी स्थित सेन्ट भिन्सेन्ट अस्पतालमा उपचाररत छन् । सुरुमा उनलाई मस्तिष्कमा रक्ताश्राब तथा नशा सुन्निएको र मष्तिस्कको प्रेशर कम गर्नकालागि  अपरेशन गरिएको सिनियर डीटेकटिव सियान केन्चले जानकारी दिए ।

सम्पर्कका लागि तलको विवरणमा सम्पर्क गर्नु हुन अनुरोध छ ।

Sian Kench
Detective Senior Constable
Sydney City Detectives
PH: 9265 6465
Fax: 9265 6466
Email: kenc1sia@police.nsw.gov.au