ब्रिसबेनका कलाकार एबम समाजसेवी सुरेश श्रेष्ठ अटो ब्यवसायमा

-- / प्रकाशित मिति : बिहिबार, पुस २१, २०७३

ब्रिसबेनका कलाकार एबम समाजसेवी सुरेश श्रेष्ठले एबुलाइन्ट अटोमोटिभका (Ebullient Automotive) नामबाट अटोरिपेयर र सर्भिस सेन्टर शुरु गरेका छन् । गेट एक , युनिट १३३ बि ,४९ स्टेसन रोड एरोङ्पिलीमा (Gate 1, Unit 133B 49 Station Road, Yeerongpilly, Brisbane) रहेको सर्भिस सेन्टरबाट प्राप्त हुने सेवामा जनबरी महिना भरी १० प्रतिसत छुट दिईने श्रेष्ठले बताउनु भयो । बिगत ८ बर्ष देखि अस्ट्रेलियामा अटोमोटिभ प्राविधिकका रूपमा काम गरेका श्रेष्ठ यूरोपियन ब्रांडका सर्टिफाइड सीनियर अटो टेक्निशन हुन। आफुले हासिल गरेको अनुभव लाई नेपाली समुदायमा दिन पाउदा खुशि लागेको र एबुलाइन्ट अटोमोटिभको सुरुवात सँगै अब देखि नेपाली समुदायले कम मुल्यमा डीलरको सरह सुबिधा पाउने पनि श्रेष्ठले बताएका छन् ।

ब्रिस्बेनमा बिगत केही समय यता नेपालीहरु द्वारा सन्चालित ब्यवसायको सन्ख्यामा उल्लेख्य बृदि भैरहेका बेला अटो सर्भिस सेन्टर सँचालनमा आएकोले नेपाली ग्राहक समेत लाभान्वित हुन सक्ने विश्वाश लिईएको छ ।