शुभ र मेल मिलापको वर्ष बनोस्– नयाँ बर्ष
त्यसो त ऐतिहासिक महत्व बोकेका हाम्रो आफ्नै एकभन्दा बढी र चलन चल्तीका संम्बतहरू छन् । चलन चल्ती, नियम कानुन र प्रशासनिक रुपमा हामीले स्वीकारेको साझा सम्बत बिक्रम सम्बत हो । बिरोधको लागि बिरोध गर्ने केही वर्ष यताको हाम्रो नियति बनेको छ र बिक्रम सम्बत बिरुद्द पनि आज भोलि धेर थोर बिरोधका आबाजहरू नसुनिएका होइनन् । तर हामीले यहाँ उठाउदै गरेको नयाँ बर्षको प्रसङ्ग अझ भिन्न हो । संसारभर चलेको र संसारले मानेको ईश्बी सम्बत २०१६ को हामी एकदमै संघारमा छौं । बिश्व प्रबिधि सँग रतिएका आजको हाम्रो पुस्ता पनि जसले जे भनोस् ईश्बी सम्बतको हरेक समय चक्र नियाली रहेको छ, पछायिरहेको छ । र यति बेला विश्व २०१७ लाई स्वागत गर्न आतुर छ । २०१६ लाई फर्किएर हेर्दा संसारमा निक्कै आशा लाग्दा घटना प्रबिधि बिकाश भएका छन् भने अर्को तर्फ हतियारको होडबाजी धार्मिक र राजनीतिक अतिबादीहरूका कारण केहि दु:खद घटना पनि घटे ।
तर फेरि हाम्रो प्रसङ्ग अलिकति फरक छ, हामी जहाँ जाउ, जहाँ रहँु हाम्रो मन नेपाल कै दैनिकीले चिमोटी रहेको हुन्छ । २०१६ मा नेपाल नयाँ संबिधान पाएको थियो, जन्मदै अलिकति बिबादित तरिकाले जन्मियो । त्यसो त संबिधान भनेको सम्झौताको दस्ताबेज हो जुन सर्वस्वीकार्य हुन प्राय: असंभब नै छ। जुन समय सापेक्ष परिबर्तन हुँदै जान्छ नै त्यसैले पनि प्राप्त उपलब्धिलाई आत्मसाथ गर्दै आगाडि बढ्नु पर्ने आजको हाम्रो आबश्यकता हो । आशा गरौं २०१७ जादुमय बन्दै आपसी मेल मिलापले देश संबिधान कार्यन्वयनको दिशामा जावोस यस्को लागि जादु भनेको आपसी मेल मिलाप नै हो। मिलन बिन्दु खोज्न जति ढिला हुन्छ उति नै हाम्रा राम्रा दिन टाढिदै छ । विगतमा राजनीतिक दलहरूबीच न्यूनतम सहमति नबन्दा, एउटाले अर्कोलाई कम मूल्याड्ढन गर्ने मात्र होईन समाप्तै पार्ने योजनामा अघि बढ्दा नेपाली जनताले रगत र पसिना बगाएर ल्याएका उपलब्धिहरू संस्थागत हुन नसक्ने हुन् संशयबीच यति बेला हामी गुज्रेका छौ । संबिधान कार्यान्वयन हुन सके कम्तिमा देश राजनीतिक अस्थिरताबाट आगाडि बढी विकास निर्माण र जनजीविकाको विषयमा प्रवेश गर्न सक्नेछ । भ्रष्टाचार, अनियमितता, त्यो बाहेक सडक दुर्घटनादेखि लिएर लोड सेडिङ्गसम्मको मार अरु सयाैं समस्याहरु हामीले सुधार्नु पर्ने लामै लिस्ट छन् । नेपाली जनता धैर्यशील छन्, संयमित छन्, तर यो धैर्यता र संयमितता नटुट्दै कम्तिमा देशमा संबिधान कार्यान्वयनको दिशा २०१७ को शुरुवातसंगै अगाडि बढोस् ।
अन्त्यमा, विगतमा गरेका गल्ति र कम्जोरीहरूलाई आत्मसाथ गर्दै जनताको सम्मानका लागि दलहरू न्यूनतम सहमतिमा आएर मिल्नुको विकल्प छैन । संविधानसभामा नेपाली कांग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी क्रमस: पहिलो, दोश्रो र तेश्रो दल बनेपछि सारमा हेर्दा शक्ति सन्तुलन तलमाथि परेको देखिए पनि लोकतन्त्र संघीयता, गणतन्त्र, राज्यको पुन:संरचना लगायतका विषयहरू उठान गर्ने दलहरूकै दुई तिहाई भएको हुदाँ यि दलहरू एक ठाँउमा उभिनै पर्छ । कम्तिमा पनि यी दलहरू एक ठाँउमा आएर अन्य साना दलहरूको समेत भावना समट्दै अग्रगामी संविधान निर्माणमा लाग्नु जरुरी छ ।
फेरि पनि सहमति, सहकार्य र सह अस्तित्व स्वीकार्दै अगाडि बढ्न नयाँ वर्ष २०१७ ले हामी सबैलाई प्रेरणा दिओस् । हामी देशमा हौं वा परदेशमा सहमति, सहकार्य र सह—अस्तित्व स्वीकार्दै गर्दा हामी सबैले जित्नेछौ, हामी सबै मिल्न सकाैं, शुभ बनोस् हामी सबको नयाँ बर्ष ।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
What are the great things about dating with apps for milfs? there are...
Meet singles with craigslist sebring fl personals Craigslist is outstanding resource for singles...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...