संगीतमय बन्यो सिड्नी  ल्होछार पर्व

-- The NTA / प्रकाशित मिति : बुधबार, पुस २७, २०७३

७ जनवरी शनिबार साँझ सिड्नीमा तमु ल्होछार सधैका बर्षहरुमा जस्तै बिबिध सांगीतिक कार्यक्रमको आयोजना गरि मनाइएको छ । तमु समाज सिड्नीले आयोजना गरेको यस बर्षको ल्होछार कार्यक्रममा नेपालका पूर्व अन्चालाधिश लाल काजी गुरुङको प्रमुख आतिथिको रुपमा र एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल लगाएत अस्ट्रेलिया स्थित थुप्रै नेपाली सामुदायिक संघ संस्थाका प्रतिनिधिहरु आतिथिको रुपमा उपस्थिति थियो ।

तमु पात्रो अनुसार १२ भिन्न बर्गहरुमा मनाइने तमु ल्होछार यस पटक चरा बर्गमा रुपमा मनाइयो । प्रत्येक वर्ष मनाइने ल्होछार पर्वले गुरुङ समूदायलाई एकताको एउटै सूत्रमा बाध्नुको साथै नयाँ पुस्तालाई हाम्रो संस्कृतिको पहिचान तथा रुपान्तरण गर्न महत्वपूर्ण रहेको कुरा तमु समाज सिड्नीका अध्यक्ष ज्ञान गुरुङले आफ्नो स्वागत मन्तब्यमा  बताए ।

यस पटकको ल्होछार कार्यक्रममा भाग लिन नेपालबाट अस्ट्रेलिया आएकी गयिका एबं कलाकार माया गुरुङ जोडदार प्रस्तुती थियो । उनले धेरै तमु संस्कृतिक झल्किने खालका लोक गीत हरु पनि  पस्केकी थिइन । त्यसको अलाबा सिड्नीका स्थानीय नृत्य तथा गाएक कलाकारहरु सहितको समुहले कार्यक्रममा थप मनोरन्जन प्रदान गरेको थियो  । परम्परागत बुद्द पुजा, बुद्द गुरु र लामाहरु बाट मन्त्रोच्चारण तथा आशिर्बाद ग्रहण गरि सुरु गरिएको यस कार्यक्रम बेलुकी करिब १० बजे सम्म चलेको थियो ।  प्रमूख अतिथिको तर्फबाट बोल्दै  नेपालका पूर्व अन्चालाधिश लाल काजी गुरुङले हामि जहाँ रहे पनि हाम्रो पहिलो पहिचान भनेको नेपाली हो र नेपाली भाषा संस्कृतिको जगेर्ना गर्नु हामि सबैको कर्तब्य हो भन्ने संदेश हामीले हाम्रा आफ्ना सन्ततिहरुलाई दिनु पर्ने बताए ।  तमु समाजका पूर्व अध्यक्ष देव गुरुङले कार्यक्रमलाई सफल पार्न आफ्नो अमूल्य सहयोग गर्ने प्रायोजक, स्वयम् सेवक तथा संचारकर्मी हरुलाई हार्दिक धन्यवाद दिए।