9 ए साइड सकर प्रतियोगिता हुदै 

-- The NTA / प्रकाशित मिति : बिहिबार, माघ १३, २०७३
तामाङ रिक्रियसनल क्लवको आयोजनामा आऊँदो जनावरी २९ आइतबारका दिन एक दिने 9 ए साइड सकर प्रतियोगिता हुदैछ। एक्सपर्ट एजुकेसन मुख्य प्रायोजक रहेको यस प्रतियोगिता तामाङ रिक्रियसनल क्लवको आयोजना गर्दै आइरहेको सकर प्रतियोगिताको तेश्रो संस्करण हो ।  म्याकिरभिल हाई स्कुलमा (Corner of Centinnial Street and Sydenham Road   ) विहान ८ः३० बजेबाट  हुन लागेको यस प्रतियोगितामा  २४ टिम सहभागी हुने क्लवको तर्फबाट अनिल तामांगले जानकरी दिए । जस मध्ये सिड्नी बाहिरबाट ५ टिमहरु (क्यानवेराबाट एक र मेल्वर्नबाट ४ क्लव) सहभागी हुनेछन। 
प्रतियोतिगाको पहिलो चरण लिग र दोश्रो चरण नक आउटका आधारमा हुनेछन् । छ समुहमा बिभाजन गरि खेलाइने यस प्रर्तियोगितामा दर्शकको रुपमा सहभागी भइ खेलाडीलाई प्रोत्सहान दिनको लागि तामाङ रिक्रियसनल क्लवले खेल प्रेमी सबै दाजु भाई दिदी बैनी हरुलाई अनुरोध गरेको छ।