होलि मेला र फूड फईस्टा – २०१७ हुदै 

-- The NTA / प्रकाशित मिति : बिहिबार, फाल्गुन १२, २०७३
चाड पर्ब र संस्कृतिमा धनि हामि नेपालीहरु माझ रंग हरुको पर्ब होलि नजिकिदै छ।  बिदेशी भूमिको रंग बिहिन दिनचार्य माझ आउदै गरेको यो रंगिन होलीमा रंग भर्न सिड्नी रकडेलको बाइसेण्टिनेनटल पार्कमा १२ मार्च आइतबारका दिन होलि मेला र फूड फईस्टा – २०१७ हुदैछ ।
 प्रेम, संगित, रङ अनि खानाका बिबिध परिकार सहितको यो मेलामा इन्डियन आइडलको उपाधि समेत जितेका लोकप्रिय गायक प्रशान्त तामांग, अक्सिस ब्याण्ड, अर्का पप गयक संजिव सिंह र लोकदोहरी गायक प्रजापति पराजुली सहितको समुहको बेजोड लाइभ म्युजिक रहने छ । त्यसैगरी डि जे सुशीलको बेजोड डिजे त्यसै गरि साना बाबु नानिहरुका लागि फेस पेंटिंग सहित बिबिध क्रियाकलापहरुले कार्यक्रम भरि नै मनोरंजन दिईरहनेछन् । निशुल्क प्रवेश रहको यस होलि मेलामा सम्पूर्ण नेपालीहरुलाई एक दिन भए पनि आफ्नो बिदेशी दिनचार्य बिर्सेर रङहरु संगै रंगिने अवसर नेपाल स्कुवाद इन्टरटेन्मेण्ट र कमेरो इभेन्ट्सले संयुक्त रुपमा गरेको हो।