यले दोङ्ग साँझ ५०७७  हुदै 

-- The NTA / प्रकाशित मिति : शनिबार, फाल्गुन १४, २०७३
किराँत खम्बु राइ समाज सिड्नी अस्ट्रेलियाको आयोजनामा २५ फेब्रवरी २०१७ शनिबारको दिन सिड्निको पिटरशम टाउन हलमा किराँत नया वर्ष ५०७७ भब्य संग मनाउन एक बिशेष कार्यक्रमको  आयोजना गरिएको छ । साँझ ५: ३० बजे बाट सुरु हुने सो कार्यक्रममा उपस्थिति भइ कार्यक्रमको शोभा बढाई दिनु हुन समाजले सबैलाई अनुरोध गरेको छ ।
किराँती खानाका बिबिध परिकारहरु, किराँत नया वर्षको शुभकामना आदान प्रदान, बिबिध संस्कृतिक झाँकी, संस्कृतिक नाच गान सहित हुने सो कर्यक्रमको प्रवेश शुल्क १५ डलर रखिएको छ भने नेपालबाट घुम्न आएका आमाबुवाहरु र स्थायीबसोबास गर्ने बृद्धबृद्धालाई निशुल्क प्रवेशको ब्यबस्था गरिएको पनि समाजले जनाएको छ।