सिड्नीमा अविभाबकहरुको वनभोज कार्यक्रम सम्पन्न

-- / प्रकाशित मिति : सोमवार, फाल्गुन १६, २०७३
शिवरात्रिको भोलि पल्ट अर्थात फेव्रोवरी २५ शनिबारका दिन नेपालकै शिवरात्रिको झल्को दिने गरि आफना सन्तानहरु भेट्न नेपाल देखि अस्ट्रेलिया आएका करिब ७ सय भन्दा बढी अविभाबकहरुले सिड्नीमा सामुहिक रुपमा वनभोज तथा घुमघाम कार्यक्रम मनाएका छन् । एनआरएनए अष्टझेलिया, न्यू साउथ वेल्स राज्य समितीको आयोजनामा गत सालको कार्यक्रमलाई  निरन्तरता दिदै आयोजित अविभाबकहरुको वनभोज तथा भेटघाट कार्यक्रम यो पटक झन् ऐतिहिसिक रुपमा सम्पन्न भयो । सिड्नी देखि करीब ६५ किलोमिटर दूरीमा रहेको वारागाम्बा ड्याम सम्मको यात्रा र ड्याममा आयोजित बिबिध कार्यक्रम नेपालबाट पारिवारिक भेटघाटमा आई सिड्नीमा रहेका अभिभाबकहरुले नाच गान गर्दै कार्यक्रममा सरिक भए ।
एनआरएनए, एनएसडब्लुका संयोजक दिनेश पोखरेलको सभापतित्व र एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलको प्रमुख अतिथ्यतामा सम्पन्न सो कार्यक्रममा एनआरएनएकी संरक्षक इन्द्रा वन, अध्यक्ष सुरेन्द्र सिग्देल, आइसिसिका युवा संयोजक विजय पोख्रेल, नेपालबाट आउनु भएका मुटु रोग विषेशज्ञ डा. दामोदर पोखरेल र अविभावकहरुका तर्फवाट केशव रेग्मी र रामचन्द्र न्यौपानेले कार्यक्रमलाई सम्वोधन गरेका थिए । बक्ताहरुले यो एतिहासिक जमघटमा सहभागि हुन् पाएकोमा प्रशन्नता व्यक्त गर्दै आयोजक संस्थालाई धन्यवाद दिएका थिए। ध्यान तथा योग गुरु भिमसेन सापकोटाको उत्प्रेरक सम्वोधन सहितको उक्त औपचारिक कार्यक्रम संयोजक कृष्ण निरौलाले संचालन गरेका थिए भने प्रकाश खरेलले उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रमको समापनमा बोल्दै एनआर एनए अष्टझेलियाका उपाध्यक्ष तथा एनआरएनए, एनएसडब्लु संयोजक दिनेश पोखरेलले आउँदा  दिनहरुमा अविभावकहरुका लागि अरु आकर्षक कार्यक्रमहरु गर्दै जाने कुराको जानकारी दिए ।
उपस्थिति अभिभाबकहरुलाई बिहानको ब्रेकफास्ट दिउसोको लन्च उपलाब्न्ध गराइएको उक्त कार्यक्रममा सिड्नीका बिभिन्न स्थानबाट बसको यात्रा सहित साँझ सोहि स्थानमा छोडिएको थियो । पुर्ब मेची देखि पश्चिम महाकाली सम्मका अभिभाबकहरुलाई यसरि एकै ठाउँमा जमघट गराएर अभिभाबक प्रतिको सम्मान दर्शाएकोमा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले एनएसडब्लु समितिलाई धन्यवाद दिद्दै अन्य स्टेटमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन अनुरोध गरे ।
(Photo: Krishna Niraula)