नेपाल सरकारको स्थानीय चुनाव घोषणा विरुद्ध अष्ट्रेलियामा विरोध प्रदर्शन

-- The NTA / प्रकाशित मिति : सोमवार, फाल्गुन २३, २०७३
संबिधान संशोधनको मागलाई अलपत्र राखेर नेपाल सरकारले हालै घोषणा गरेको स्थानीय चुनावको बिरुद्दमा गत ५ मार्चको साँझ अस्ट्रेलिया सिड्नीको क्यनटाबरिमा एक बिरोध पर्दर्शन कार्यक्रम सम्पन्न भएको छ।  नेपाली आदिबासी जनजाति मंच अस्ट्रेलियाको आयोजना र संघिय समाज अस्ट्रेलियाको संयोजनमा सम्पन्न सो कार्यक्रममा अस्ट्रेलियामा रहेका बिभिन्न पहिचनाबादी संघ संस्थाहरुले एक्बद्द्ता जनाउदै सहभागिता जनाएका थिए।
नेपाल संघीय समाज फोरम नेपाल पार्टीको अनुशासन विभागको नेता दुर्गमानी देवान र नेपाल संघीय समाज फोरोम नेपालको केन्द्रिय सदस्य कृष्ण कुमारी वाइबाको अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय पहिचानबादी संघ संस्था र राजनीतिक एबम सामाजिक संघ संस्थाको तर्फबाट गणेश तामांग, चित्र तुम्बाहाम्फे, अरुण कुमार तामांग, छिरिंग तेन्जी लामा, सुबांश शाह, अमित शर्मा, तुल्सी शाह लगायतका ब्यक्ति उपस्थिति रहेको थियो।  उपस्थिति बक्ताहरुले संबिधान संसोधन मार्फत देशलाई निकाशा दिनुको सट्टा निर्बाचनको बेमौसमी कुराले देश झन् द्वन्दमा जाने मनासय व्यक्त गरेका थिए।
स्थानीय निर्बाचन घोषणाको बिरुद्दमा बिबिध प्ले कार्ड र नारा बाजी सहित सम्पन्न उक्त कार्यक्रमको भोलि पल्ट नेपाल सरकारको माहाबाणिज्यदुतको एनएसडब्लूको कार्यालयमा  ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेकाे आयोजकले जनाएको छ।