दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी भव्यताका साथ् सम्पन्न
दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी “सद्भाव का लागि महिला साहित्य” भन्ने मूल नाराका साथ अस्ट्रेलियाको सिड्नी शहरमा सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास )को आयोजनामा सम्पन्न भएको उक्त तीन दिने सम्मेलनलाई अनेसास अस्ट्रेलियाले ब्यबस्थापन गरेको थियो। मार्च ४ देखि ६ सम्म चलेको उक्त कार्यक्रमको पहिलो दिन विश्वका विभिन्न ठाउँबाट र अष्ट्रेलियाकै विभिन्न स्टेटबाट आएका अतिथिहरुलाई स्वागत स्वरूप रात्रिभोजको आयोजना गरिएको थियो । उक्त अवसरमा अनेसास, अस्ट्रेलियाले बिभिन्न मनोरन्जनात्मक प्रस्तुतीका साथ सानदार ढंगले अतिथीहरुलाई स्वागत गरेको थियो ।
अनेसासका केन्द्रिय उपाध्यक्ष साहित्यकार भीमसेन सापकोटा तथा भिक्टोरियाबाट प्रतिनिधित्व गरेका साहित्यकार तथा गायक दिक्पाल देव पंगेनीले संयुक्त रुपमा संचलान गरेको उक्त रात्रिभोजको कार्यक्रममा सिड्नीका स्थापित हाँस्यकलाकार भूपेन्द्र चुडालले दर्शकहरुलाई पेट मिचीमिची हाँस्न बाध्य बनाएका थिए भने चर्चित नेपिन्डो ग्रुपबाट नृत्य प्रस्तुत भएको थियो । अनेसास अस्ट्रेलियाका महासचिव तथा “हलचल “ गायक विकाश उप्रेतीले गायनबाट मनोन्जन दिएका थिए।
पहिलो दिनको उक्त रात्रि भोजमा सम्मेलनको प्रमुख अतिथी डा. गाग्री शर्मा तथा अनेसास केन्द्रिय अध्यक्ष पदम बिश्वकर्माले अनेसास अस्ट्रेलियालाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । सम्मेलनको दोश्रो दिन बिशेष सामरोहबिच भव्यताका साथ नेपालकी चर्चित समालोचक तथा प्राध्यापक डा गाग्री शर्माले पानसमा बत्ति बालेर सम्मेलनको औपचारिक उद्घाटन गर्नु भयो ।
सिड्नीको केन्द्रमा रहेको मेट्रो होटेलमा आयोजित उक्त उद्घाटन समारोहमा अनेसासका संस्थापक अध्यक्ष डा. होमनाथ सुबेदी, अनेसासका केन्द्रिय अध्यक्ष उद्घाटन कार्यक्रममा अनेसासका केन्द्रिय अध्यक्ष्य पदम बिश्वकर्माले अनेसास अस्ट्रेलियालाई प्रशंशा पत्र प्रदान गर्नु भएको थियो । गत बर्ष घोषणा गरिएको अनेसास उत्कृष्ट बर्ष पुरस्कार अन्तर्गत कबिता तर्फ अनेसास सर्बोत्कृष्ट डायास्पोरिक पुरस्कार साहित्यकार सानु घिमिरेलाई अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले प्रदान गर्नु भएको थियो ।
त्यस्तै अनेसास केन्द्रले सिक्किमका साहित्यकार डा कबिता लामालाई अनेसास बिशेष सम्मान तथा इजरायलका साहित्यकार निशा अर्याल र अस्ट्रेलियाका जानकी ढकाललाई अनेसास डायस्पोरा सम्मान प्रदान गरिएको थियो । सोहि कार्यक्रममा अनेसास अस्ट्रेलियाले अस्ट्रेलियाको नेपाली समुदायमा योगदान गर्नु हुने महिलाहरु एनआरएनए प्याट्रन इन्द्रा बन, एनआरएनए ग्लोबल प्रबक्ता रन्जु थापा, एनआरएनए अस्ट्रेलिया संयोजक तथा साहित्यकार सुमित्रा बिस्ट, भिक्टोरियाकी साहित्यकार निरु त्रिपाठी, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानकी अध्यक्ष सुजाता केसीका साथै अस्ट्रेलियामा नेपाली भाषा र साहित्यको स्थापाना तथा प्रबर्धन गर्न लागि पर्नु भएका साहित्यकार कुमार गिरीलाई बिशेष समान गरिएको थियो।
संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयले भानु द्दिसत बार्षिकी समारोहमा अवसरमा अस्ट्रेलियाका साहित्यकारहरु भीमसेन सापकोटा, महेन्द्र पौडेल, सानु घिमिरे, सुरेन्द्र दवाडी तथा हेमंता आचार्यलाई प्रदान गरेको भानु स्वर्ण पदक नेपाल सरकारको तर्फ बाट अस्ट्रेलियाका राजदूत रुद्र नेपालले प्रदान गर्नु भएको थियो ।
सम्मेलनको उद्घाटन कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, अस्ट्रेलियाका लागि नेपालका राजदूत रुद्र नेपाल , एनआरएनए बाट इन्द्रा बन लगायतले सम्मेलन सफलताको सुभकामना दिनु भएको थियो ।सोहि उद्घाटन सत्रमा अनेसास केन्द्रिय उपाध्यक्ष राधेश्याम लेकालीको मुक्तक संग्रह “समयका घोडाहरु ”, देश सुब्बा र माइकल फिसरको “ फिलोसोफी अफ फियरिज्म”, अनेसास क्षेत्रीय उपाध्यक्ष भीमसेन सापकोटाको कविता संग्रह “ प्रश्नमा ईश्वर “, सिलिगुढीकि साहित्यकार लतिका जोशीको कविता संग्रह “ भुटभुटी “, आसामकी साहित्यकार उषा शर्माको कथा संग्रह “ अज्ञात यात्रा “ , अमित श्रेष्ठको नेपालमा गएको महाभूकम्प सम्बन्धि अनुभब संगालिएको “ द फल्ट” , सिड्नीका अभिवाक हिमालय शमशेर थापाको सकारात्मक सोच सम्बन्धि पुस्तकको प्रमुख अतिथी तथा बिशिस्ट अतिथीहरु बाट लोकार्पण गरिएको थियो ।
विमोचित पुस्तकहरु माथि चर्चित साहित्यकार नबराज कार्कीले सटिक टिप्पणी गर्नु भएको थियो । सोहि दिन अपरान्ह विश्व कबि गोष्टीको आयोजना गरिएको थियो, बिभिन्न देशबाट आउनु भएका प्रतिनिधि साहित्यकारहरु तथा अस्ट्रेलियाका साहित्यकारहरु गरि करीब दुइ दर्जन साहित्यकारहरुले सो सेसनमा कबिता, गजल तथा मुक्तकहरु बाचन गरेका थिए। त्यसै गरि साँझको सेसनमा सुप्रसिद्ध साहित्यकार बिन्ध्या सुब्बाले “नेपाली साहित्य र महिला साहित्यकारहरुको भूमिका” बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो र उहाँको कार्यपत्रमाथि खुला छलफल गरिएको थियो ।
सम्मेलनको तेश्रो दिनको कार्यक्रम सिड्नीको रक्डेलमा आयोजना भएको थियो कार्यक्रम “साहित्य र लैंगिक विभेद” शिर्षकमा डा कबिता लामाको कार्यपत्र सहित आरम्भ भएको थियो । साहित्यमा महिलाले लैंगिक विभेदलाई कसरि उतारेका छन् , र लैंगिक बिहेद रहित साहित्य कस्तो हुनु पर्छ भनि सो कार्यपत्रले स्पष्ट पारेको थियो। त्यस्तै दोश्रो कार्यपत्र – “डायस्पोरामा नेपाली महिला साहित्यकारहरुको भूमिका “शिर्षकमा नेपालबाट आउनु भएकी सुप्रसिद्ध साहित्यकार लीला लुइंटेलले प्रस्तुत गर्नु भएको थियो । ७ वटा महादेशमा नेपाली महिला साहित्यकारहरुको उपस्थितीलाई उहाँले रोचक ढंगले वर्णन गर्नु भएको थियो ।
यसै गरि अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले “नेपाली साहित्यको डायास्पोरिक अध्ययन” बिषयमा आफ्नो मन्तब्य राख्नु भएको थियो। अनेसासले डायास्पोरिक साहित्यमा खेलेको भूमिका बारे उहाँले प्रकाश पर्नु भएको थियो । सोहि दिन “नेपाली साहित्यको बिश्वब्यपिकरणमा महिला साहित्यकारहरुको भूमिका ” नामक कार्यपत्र चर्चित समालोचक डा खगेन्द्र लुइंटेलले प्रस्तुत गर्नु भएको थियो। उहाँले डायास्पोरिक साहित्य र दर्शनको बारेमा प्रकाश पार्नु भएको थियो, हंगकंगमा बसोबास गर्नु हुने साहित्यकार देश सुब्बाले “भयवाद र साहित्य” बिषयमा बोल्दै भयले मान्छेलाई कसरि प्रभावित परेको हुन्छ भन्ने कुरामाथि चर्चा गर्नु भयो। त्यस्तै अनेसास अस्ट्रेलियाकी उपाध्यक्ष सानु घिमिरेले ” अस्ट्रेलियामा नारी लेखनको सुभारम्भ” बिषयमा कार्यपत्र पेश गर्नु भएको थियो।
अस्ट्रेलियामा नेपाली साहित्यको विस्तारको बारेमा बोल्दै उहाँले महिला साहित्यकारहरुको चर्चा गर्नु भएको थियो । सोहि दिन रचना बाचनको सत्रमा अघिल्लो दिन वाचन नगरेका करीब २ दर्जन साहित्यकारहरुले आ- आफ्नो जोडदार रचना वाचन गरेका थिए। रचना वाचन सेसनको सभापतित्व डा पुस्पा शर्माले गर्नु भएको थियो। रचना वाचनको कार्यक्रमपछी समापन सत्र आयोजना गरिएको थियो , जसको सभापतित्व अनेसास अध्यक्ष्य पदम बिश्वकर्माले गर्नु भएको थियो र सो सत्रमा अनेसासका आजीवन सदस्यहरुलाई होमनाथ सुबेदीबाट ब्याच वितरण गरिएको थियो भने विदेशबाट पाल्नु भएका अतिथि साहित्यकारहरुलाई अनेसास अस्ट्रेलियाले मायाको चिनो प्रदान गरेको थियो । बिन्ध्या सुब्बाको अध्यक्षता रहेको ५ सदस्यीय घोषणा पत्र कमिटीले ६ बुंदे घोषणा जारी गर्दै कार्यक्रमको समापन भएको थियो। एक्स्पर्ट एजुकेसनले टाइटल स्पोन्सर गरेको सो सम्मेलनलाई अस्ट्रेलियाका बिभिन्न ब्यबसायीहरुले स्पोन्सर गरेका थिए।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...