बगैंचाका फूल रोजौं कि ईन्टरनेटका फूल !
अचेल फेसबुकमा बधाई खानेले गलाभरी भिरेर सेल्फी खिच्दै बगैंचाका फूलको ब्यापार धानेका छन् त्यसैले, अचेल म रनभुल्ल छु के लाई रोजौं कुन फूल रोजौं

अचेल छिया छिया मान्छेका मुटु
फेसबुक र ट्विटरका फूलले जोडिन्छन्
ईमेल र गिफ्ट भौचरका फूलको जमाना
खामबन्द कागजका फूलले त जोडिन्छन्
गुलाबका फूलका स्पर्शले तँग्रिनु त परै जाओस्
अचेल मान्छे असली फूलमा रमाउंदैनन्
फूल जस्तै बासना दिने अत्तरका सिसीहरु
सोसल मिडियाका फूलको रँगमा मस्त मान्छे
कम्प्युटरको पर्दामा झिलिमिलि हेर्दै रमाउँछ
फूल झैँ सुन्दर जीन्दगीको तिर्सनामा
त्यसैले,के लाई रोजौं कुन फूल रोजौं
बिजुलीका फूल रोजौं कि, बगैँचाका फूल ।।।
बिहानी घाम सँगै फक्रने फूल
पूजाका थाली मन्दिर र मूर्तिका छेउ
पिरतीको चुल्ठो र कानमा सिउरिने फूल
अचेल फेसबुकमा बधाई खानेले
गलाभरी भिरेर सेल्फी खिच्दै
बगैंचाका फूलको ब्यापार धानेका छन्
त्यसैले, अचेल म रनभुल्ल छु
के लाई रोजौं कुन फूल रोजौं
ईन्टरनेटका फूल रोजौं कि, रोजौँ बनस्पतिका फूल ।।।
छिमेकीको छोरो लाहुर जाँदा
उसकी सँगिनीले कानमा सिउरीदिएको फूल
फर्किंदा उही लाहुरे प्लास्टिकका फूल बोकेर
केटाकेटीका मन भुलाउन फूल जस्तै चकलेट ल्याउँछ
पाखा पखेरा र डाँडा काँडाका फूल
पिरती लाउने जोडीका फूल थिए
लोकभाका शुसेल्दै गाउँबेसी धाउनेका थिए
गाई बस्तु गोठालाहरुका फूल थिए
अचेल चुनाव जित्न गाउँ छिर्ने र
चुनाव जिते पछि गाउँबाट फिर्ने
नेतागणका गलाभरी सकि नसकी
मालामा उनिएर झुन्डिन्छन् यी फूल
त्यसैले, केलाई रोजौँ कुन फूल रोजौँ
बिजुलीका चिमका फूल रोजौँ कि, घर छेउका सयपत्री फूल ।।।
छिमेकीको छोरो लाहुर जाँदा
उसकी सँगिनीले कानमा सिउरीदिएको फूल
फर्किंदा उही लाहुरे प्लास्टिकका फूल बोकेर
केटाकेटीका मन भुलाउन फूल जस्तै चकलेट ल्याउँछ
प्रियसीलाई फूलकै बुट्टा भरिएका साडी
‘बा’लाई खल्तीमा नक्कली गुलाब सिउरीएको कोट
आमालाई आँखै खाने झिलझिले पछेउरी ल्याउँछ
त्यही भएर म छक्क छु,
के लाई रोजौँ कुन फूल रोजौँ
बाको बगैंचाको फूल रोजौँ कि, रोजौँ बिजुलीको फूल ।।।
यही परदेशमा पनि फूल जस्तै थुप्रै
रंगहरु पोतिन्छन् सेमिनार, बैठक
बार्बक्यू, सांगितिक साँझ र कबि गोष्ठीहरुमा
एनिभर्सरी, बर्थडे, पास्नी र बेबीसावरमा
अझ नयाँ जागिर र नयाँ ब्यापारमा त झन
जीवनका अनेक रंग पोखिन्छन् मदहोस् साँझमा
गमलाका फूल र कम्प्युटरका फूल सँगै
त्यसैले म झुक्किन्छु संधै,
बारीका फूल रोजौँ कि गमलाका फूल
सुगन्धित फूल रोजौँ कि, बिजुलीका फूल ।।।
थुप्रै संस्थामा खपत हुने यिनै फूल
समाजसेबीका गलामा झुन्डिने माला
ताम्रपत्र, प्रमाणपत्र सँगै सजाउन फूल
अबीर जात्रा र जयजयकारमा सेल्फी खिच्न फूल
र पनि, पिरती लाउनेले नै बगैँचाका फूल रोज्न छाडेपछि
सायद यी समाजसेबी नहुँदा हुन त
बगैंचाका फूल के को खपत हुँदाहुन्
बिजुलीका फूलमा मान्छे सजिए झैँ
त्यसैले, के लाई रोजौँ कुन फूल रोजौँ
आँगन र बार्दलीका फूल रोजौँ कि, बिजुली र ईन्टरनेटका फूल ।।।
बिजुली निर्यात नगरे के भो र
तिहार र मेला पर्बमा आयात गरेकै छौं
अफिसका टेबलमा प्लास्टिकका फूल सँगै
हुनेखानेका बैठकमा सजिने गमलाका फूलमै
मन मस्तिष्क बिवेक र सुन्दरता अडिएको देख्छौं
चुँडिएका र दुःखी मनहरु जोडिएको देख्छौं
त्यही भएर त आजित म,
के लाई रोजौँ कुन फूल रोजौँ
माया र स्नेहको फूल रोजौँ कि, बिजुलीका फूल रोजौँ
बगैंचाका फूल रोजौँ कि, कम्प्युटरका फूल रोजौँ
सुगन्धित फूल रोजौँ कि, अत्तर छर्केका फूल रोजौँ
बनस्पतीका फूल खोजौं कि, रोजौँ ईन्टरनेटका फूल ।।।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



