परिकार : हाम्रो पहिचान
दाल, भात, खाना, अचार र गुन्द्रुकको झोलमा मात्रै सिमित छैन नेपाली खाना । नेवारी खाजा सेट, थकाली खाना सेट, तराई, पहाड र हिमालको स्वाद भेटिने ८४ व्यञ्नजन परिकारहरू देखि लिएर अझ भनौ त्यो भन्दा बढी स्वादको नेपाली परिकार छन् नेपालमा ।

देश चिनाउन कला, संस्कृति र भाषाको जति महत्व हुन्छ त्यतिकै खानाको पनि विशेष भूमिका रहेको हुन्छ । खानाले दुई भूगोलमात्रै नभई विभिन्न तरिकाले विभिन्न मानिसहरूलाई पनि जोड्ने काम गर्छ । त्यसैले पनि परिकार हाम्रो पहिचान भन्ने गर्छौ हामी । हामी हाम्रो भाषा संस्कृति जस्तै हाम्रो खानालाई पनि यति धेरै माया गर्छौ कि त्यो स्वाद संसारको कुनै कुनामा गएर पनि विर्सन सक्दैनौ र केही दिन त्यो स्वाद यो जिब्रोमा परेन भने के नखाएको के नखाएको हुन्छ । आफ्नो त्यही स्वादको माया र विशेषताले गर्दापनि संसारमा नेपालीहरूले खोलेका नेपाली खानाको स्वाद मात्रै चखाउने थुप्रै नेपाली रेष्टुराहरू छन्, जहा तमाम विदेशीहरू नेपाली स्वाद चाख्न आउँछन् । दाल, भात, खाना, अचार र गुन्द्रुकको झोलमा मात्रै सिमित छैन नेपाली खाना । नेवारी खाजा सेट, थकाली खाना सेट, तराई, पहाड र हिमालको स्वाद भेटिने ८४ व्यञ्नजन परिकारहरू देखि लिएर अझ भनौ त्यो भन्दा बढी स्वादको नेपाली परिकार छन् नेपालमा । विभिन्न ठाउँका नेपालीहरू जति मात्रमा विभिन्न भूगोलमा फैलिएका छन् त्यतिनै उनीहरूले आफ्नो स्वाद बोकेर गएका छन् र चखाउँदै पनि गइरहेका छन् । कति स्वादहरूलाई व्यवसायिक रुपमा उर्जागर गर्न सकेको छैन भने कति स्वादहरूले राम्रो व्यपार गरिरहेको छ । थुप्रै राम्रो व्यापार गर्ने नेपाली स्वादमा अहिले खाजाको रुपमा मःम, छोयला, आलुको अचार, साधेको भटमास, चिउरा र सेकुवा अलि बढी मात्रमा चलेको पाइन्छ । अर्डर गर्न पनि सजिलो, साथीभाइहरूसग खान पनि मज्जा र मीठो भएकै कारणले पनि यो परिकार सबै उमेरमा प्रख्यात छ ।
नेपाली खाना र मःमको मानिसहरू कति धेरै पारखी छन् भन्नेको उदाहरण मःम फेस्टिवलमा भएको क्रेजले बताएको थियो । अष्ट्रेलियामा नै पहिलो पटक आयोजना गरेको मःम फेस्टिवलको पहिलो प्रयासमा नै मानिसहरू उर्लेर आएका थियो । त्यही मानिसहरूको भीडले बताउँथ्यो कि नेपाली खाना र स्वादले विदेशमा कति आशापूर्ण बजार लिइसकेको रहेछ ।
सोलाङचरको आयोजनामा यहि २६ तारिख २०१७ मेलबर्नमा मःम फेष्टिभल भव्यताको साथ सम्पन्न भएको थियो । कोबर्गको भेलोड्रोमी ग्राउण्डमा भएको यस मःम फेष्टिभलमा ६ हजारजनाले रजिष्ट्ररर्ड गरेपनि त्यो भन्दा बढी नै लगभग दोब्बर मानिसहरूको चहलपहल रहेको थियो । आयोजकले दस हजार भन्दा बढीले मःम फेस्टिवलमा आएर मःम, अन्य नेपाली परिकारको र नेपाली संगीतको मज्जा लिएको अनुमान लगाएका छन् । प्रवेश निःशुल्क रहेको यो फेस्टिबलमा मानिसहरूले मःमका विविध प्रकारसगै कुटुम्बको संगीतको मज्जा भरपूरसग लिएका थिए । दिउँसो १२ बजेदेखि रातिको १० वजेसम्म चलेको यस फेस्टिवलमा नेपालीहरू भन्दा पनि विदेशीहरूको सहभागिता बढी देखिन्थ्यो । यस मःम फेस्टिवलले नेपाली खाना, परिकार र संगीतको एकदमै प्रचार गरेको र नेपाल फेस्टिवलको झझल्को दिएको उपस्थित व्यक्तिहरूले बताएका थिए । कार्यक्रम एकदमै व्यवस्थित भएकोमा दर्शकहरू खुसी पनि देखिन्थे ।
नेपाली संगीतलाई विश्वमञ्चमा पस्किन सफल नेपाली व्याण्ड कुटुम्बले फेस्टिवलमा आफ्नो संगीतले सबैलाई मन्त्रमुग्ध बनाएर संगीतको तालमा सबै दर्शकलाई लामो समयसम्म नचाएको थियो । करिब ५/६ महिनादेखिको तयारी रहेको मःम फेस्टिवलको विभिन्न आकर्षण क्रियाकलाप मध्ये मःम माष्टरसेफ प्रतिस्पर्धा पनि एक रहेको थियो । त्यही मःम मास्टर सेफको कम्पिटिसनमा सीता गुरु∙ प्रथम भएकी थिइन् । प्रतिस्पर्धाको निर्णायकहरू द एज गुड फुड गाइडमा तीन पटकसम्म सेफ अफ द इयर जित्न सफल सेफ एन्ड्रयू म्याककोनल र २०१२ को योङ्ग सेफ अफ द इयर केइसी म्याकडोनाल्ड रहेका थिए । पहिलो चरणबाट छानिएर फाईनलसम्म पुगेका सेफहरू अञ्जल जोशी, सीता गुरुंग र सञ्जीव श्रेष्ठमध्येबाट निर्णायकहरूले सीता गुरुंगले बनाएको सीफुड मःमलाई उत्कृष्ट ठहराएका थिए । मःम मास्टर सेफको कम्पिटिसन जित्ने सीता गुरु∙लाई पाच सय डलर राशी प्रदान गरिएको थियो । मःम र नेपाली अन्य परिकार, नेपाली कला संस्कृति झल्काउने हस्तकला, नेपाली चित्रकला र मूर्तिकलाका सामग्रीहरू, नेपाली पोसाकहरूको रौनक एकातिर थियो भने अर्कोतर्फ कलर उमंगसगै संगीतको रौनकमा उपस्थितले कुटुम्बको सांगितिक प्रस्तुतिमा नाचेर उत्साह थपेका थिए । करिब एक महिना लामो अष्ट्रेलिया टूरमा आएको कुटुम्ब व्याण्डले यही २५ तारिखमा एडिलेडको नेपाल महोत्सवमा आफ्नो सांगीतिक प्रस्तुति पस्किएको थियो । कुटुम्बको अबको यात्रा भनेको पर्थ तथा अष्ट्रेलियाको अन्य सहरमा हुनेछ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



